बारमा सत्तारुढ गठबन्धनको प्यानल विजयी

127

बारमा सत्तारुढ गठबन्धनको प्यानल विजयी

नेपाल बार एसोसिएसनको अध्यक्षमा गोपालकृष्ण घिमिरे निर्वाचित हुनु भएको छ । अध्यक्षमा घिमिरे सहित सबै पदमा सत्तारुढ गठबन्धन निकट उम्मेदवारहरू विजयी भएका छन् ।
काँग्रेस निकट डेमोक्रेटिक लयर्स एसोसिएसनका पूर्व अध्यक्ष समेत रहेका घिमिरेले नेकपा एमाले निकट प्रगतिशील तथा पेशागत कानून व्यवसायी समूहका उम्मेदवार विष्णुमणी अधिकारीलाई १ हजार ९५१ मतले पराजित गर्नुभएको हो ।
घिमिरेले ४ हजार ४४७ मत ल्याएर अध्यक्षमा विजयी हुनुभएको हो । उहाँका प्रतिद्वन्द्वी अधिकारीले २ हजार ४८२ मत ल्याउनुभएको छ ।
त्यस्तै महासचिवमा ३ हजार ६८२ मत सहित अन्जिता खनाल विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी केदारप्रसाद कोइरालाले २ हजार ९८९ मत प्राप्त गर्नुभएको छ ।