तिलाेत्तमामा ७८ मतले काँग्रेस अगाडि

78

तिलाेत्तमामा ७८ मतले काँग्रेस अगाडि

रुपन्देहीकाे तिलाेत्तमामा २८ हजार २७१ मत गणना हुँदा ७८ मतले काँग्रेस अगाडि आएकाे छ ।
तिलाेत्तमा नगरपालिकाकाे मेयर पदमा काँग्रेस उम्मेद्वार रामकृष्ण खाँणले १० हजार ९६६ मत प्राप्त गर्नुभएकाे छ भने एमाले उम्मेद्वार माेहन चापागाइँले १० हजार ८८८ मत प्राप्त गर्नुभएकाे छ ।

उपमेयरमा भने एमाले अगाडि छ । गणनाकाे सुरुबाटै उपमेयरमा अग्रता लिएकी एमालेकी जागेश्वरीदेवी चाैधरीले १० हजार ५७८ मत प्राप्त गर्दा गठबनधनबाट माओवादी केन्द्रका उम्मेद्वार हेमन्त पाण्डेले ५ हजार २२७ मत प्राप्त गर्नुभएकाे छ ।