धान दिवस–२०७९ : बुटवलका नगरप्रमुख पाण्डेयद्वारा किसानका खेतमा रोपाई

177

धान दिवस–२०७९ : बुटवलका नगरप्रमुख पाण्डेयद्वारा किसानका खेतमा रोपाई

धान दिसवको अवसरमा बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले किसानका खेतमा रोपाई गर्नुभएको छ । उपमहानगरपालिका प्रमुख पाण्डेयको नेतृत्वमा वडा अध्यक्षहरु तथा काँग्रेसका नेता कार्यकर्ताको टोलीले वडा नं. १९ का किसान तिलक थारुको खेतमा रोपाईँ गरेको हो ।
त्यस अवसरमा बोल्दै नगरप्रमुख पाण्डेयले बुटवलको वडा नं. १८ र १९ लाई हरियाली क्षेत्रका रुपमा विकास गरिने बताउनु भयो । उहाँले त्यस क्षेत्रमा उत्पादन हुने तरकारी, फलफूल लगायतका कृषिजन्य उत्पादनलाई विदेश निर्यात गर्नेगरी उत्पादनमा जोड दिनुभयो । यसले किसानलाई पनि अर्थोपार्जन गर्न मद्धत हुने र मुलुकको निर्यात प्रवद्र्धनमा पनि योगदान पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । त्यसमा नगरपालिकाबाट के गर्न सकिन्छ आफू तयार रहेको भनाई राख्नुभयो ।
२०६१ सालमा संयुक्त राष्ट्रसंघले धानवर्ष घोषणा गरेको थियो । नेपालमा २०६२ देखि असार १५ मा धान दिवस मनाउन थालिएको हो ।