एपोलोको सम्पर्क कार्यालय बुटवलमा

355

एपोलोको सम्पर्क कार्यालय बुटवलमा

भारतको नयाँ दिल्लीमा रहेको एपोलो अस्पतालको सम्पर्क कार्यालय बुटवलमा सञ्चालनको तयारी गरिएको छ । एपोलो अस्पतालले बुटवलको अस्पताल लाईनमा रहेको आभास मेडिकल हलमा सम्पर्क कार्यालय सञ्चालनको तयारी गरेको हो ।
आभास मेडिकल हलमा एपोलो अस्पतालको सम्पर्क कार्यालय राख्ने विषयमा अस्पतालका प्रवन्ध निर्देशक गोविन्द हमाल र आभासका सञ्चालक नारायण पौडेल विच सम्झौता भईसकेको छ । अभासका सञ्चालक पौडेलका अनुसार यसको औपचारिक सुरुवात हुन भने अझै केही समय लाग्ने छ ।
सम्झौता अनुसार एपोलोमा उपचार गराउन चाहने विरामीलाई सिधै अस्पतालमा पु¥याईने छ । आभास मेडिकल हलको सम्पर्कमा आएका बिरामीलाई एपोलोले बुटवलदेखि सिधै अस्पतालमा पु¥याउने छ भने त्यहाँ उपचारको क्रममा बसोबास तथा उपचारमा लाग्ने शुल्कमा समेत विशेष छुट गरिने अस्पतालका प्रवन्ध निर्देशक हमालले बताउनु भयो ।