स्टाटअपहरुका लागि उद्यमशिलता कार्यक्रम

280

स्टाटअपहरुका लागि उद्यमशिलता कार्यक्रम

बुटवलमा स्टाटअपहरुका लागि उद्यमशिलता सम्बन्धि कार्यक्रम सुरु गरिएको छ । नविल बैंक र क्षितिज कलेजको सहकार्यमा शुक्रबारदेखि ‘नविल स्कल फर सोशियल ईन्टरपेनरशिप’ कार्यक्रम सुरु गरिएको हो ।
बुटवलको कालिकानगरमा रहेको क्षितिज कलेजमा सञ्चालन गरिएको उक्त कार्यक्रममा उद्यमी बन्न चाहेका २५ जना युवा विद्यार्थी सहभागि रहेको कार्यक्रमका संयोजक टुकराज गुरुङले जानकारी गराउनु भयो ।
कार्यक्रमको सुरुवात गर्दै बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले उद्यमशिलता विकासका लागि यस्ता कार्यक्रम फलदायी हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले मुलुकको अर्थतन्त्रलाई माथि उठाउनको लागि औद्योगिक विकास अपरिहार्य रहेको र औद्योगिक विकासको लागि उद्यमशिलता विकासमा जोड दिनुभयो ।
क्षितिज कलेजका प्रिन्सिपल सुर्य रानाले युवा विद्यार्थीका लागि उद्यमशिलता सम्बन्धि कार्यक्रमको महसुस गरेर नविल बैंकको सहकार्यमा कार्यक्रम सुरु गरिएको बताउनु भयो । १४ दिनसम्म सञ्चालन गरिने यो कार्यक्रममा प्रशिक्षक मुकुन्द ज्ञवाली सहित राजु शर्मा, सिपि शर्मा लगायतका सफल उद्योगी व्यवसायीहरुले प्रशिक्षण गर्नुहुनेछ ।