दुग्ध विकास संस्थान कर्मचारी संघ बुटवलमा नयाँ कार्यसमिति चयन

208

दुग्ध विकास संस्थान कर्मचारी संघ बुटवलमा नयाँ कार्यसमिति चयन

नेपाल दुग्ध विकास संस्थान लुम्बिनी वितरण केन्द्र बुटवलमा कर्मचारी संघमा नयाँ कार्यसमिति चयन गरिएको छ । इकाई समितिको शुक्रबार सम्पन्न १२ औं अधिवेशनबाट कल्पना आचार्य क्षेत्रीको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरिएको हो ।
समितिको उपाध्यक्षमा गणेश पौडेल, सचिवमा सुर्यभक्त केसी, कोषाध्यक्षमा राजेश यादव र कार्यसमिति सदस्यहरुमा कुमार केसी, लालकुमारी काउचा, सन्दिप चौधरी, राम चौधरी र धुरन मोचीलाई चयन गरिएको छ ।
कार्यक्रममा नेपाल ट्रेड युनियन काँग्रेस रुपन्देहीका निवर्तमान अध्यक्ष काजिमान श्रेष्ठले कुनै पनि प्रतिष्ठानको सफलता त्यहाँ कामगर्ने कामदार कर्मचारीको हकहितसंग जोडिएको बताउँदै कामदार कर्मचारीको हकहितमा काम गर्न नवनिर्वाचित कार्यसमितिलाई आग्रह गर्नुभयो ।

त्यस्तै नेपाल दुग्ध विकास संस्थान लुम्बिनी दुग्ध वितरण आयोजनाका प्रमुख योगेन्द्र शाहले वितरण केन्द्रका समस्या समाधान गर्न आफूले थालनी गरेको र त्यसमा सहयोग गर्न कर्मचारीहरुलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा नेपाल ट्रेड युनियन काँग्रेस रुपन्देहीका उपाध्यक्ष तथा नेपाल सार्वजनिक संघका महासचिव अयुव अली खाँले आयोजनाका प्रमेश शाहलाई कर्मचारीसंग सहकार्य गरेर कार्यक्रम ल्याउन आग्रह गर्नुभयो ।
त्यस अवसरमा नेपाल नाई संघका प्रदेश अध्यक्ष सफातुल्ला रजा, सांवजनिक संघका शंकर विक, विनु पाण्डे, दुग्ध विकास संस्थान लुम्बिनी वितरण केन्द्रका प्रशासन प्रमुख निरन्जन भट्टराई, विष्णु न्यौपाने, मोहन जिसी, सीताराम पौडेल, विक्की घिमिरे, कृष्ण मण्डल लगायतले शुभकामना व्यक्त गरेका थिए ।