रोटरी तिलोत्तमा रुपन्देही र जापानको रोटरी बिच सहकार्य

19

रोटरी तिलोत्तमा रुपन्देही र जापानको रोटरी बिच सहकार्य

रोटरी क्लव अफ तिलोत्तमा रुपन्देही र जापानको रोटरी क्लवले सहकार्य गर्ने भएका छन् । रोटरी क्लव अफ तिलोत्तमा रुपन्देहीको हालै भएको नियमित बैठकमा रोटरी सेटेलाईट क्लव अफ बाको २१ साकितामाका क्लवका नोमिनी चियर विष्णुप्रसाद घिमिरेले रोटरी तिलोत्तमा रुपन्देहीसंग सहकार्य गर्न तयार रहेको बताउनु भएको हो । उहाँले क्लवले नयाँ केही गर्न खोजेको हो भने प्रस्तावना पेश गर्न पनि आग्रह गर्नुभयो ।
त्यस अवसरमा क्लव अध्यक्ष विष्णुप्रसाद भण्डारीले क्लव यो वर्ष अटिजम र सिकलसेल एनिमियाको क्षेत्रमा काम गर्न खोजेको जानकारी गराउँदै सहयोग गर्न आग्रह गर्नुभयो । उहाँले अटिजम र सिकलसेल एनिमियाका लागि दुई छुट्टा छुट्टै प्रस्तावना जापानको रोटरी सेटेलाइट क्लब अफ वाको २१ साकीतामाका नोमिनी चियर घिमिरेलाई प्रदान गर्नुभयो ।
बैठकमा क्लवका सदस्य डा. सतिस रुपाखेतीले बालबालिकामा अटिजमको समस्या बढदो क्रममा रहेको जानकारी गराउँदै दुई क्लव विचको सहकार्यले समस्या न्यूनिकरणमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले आगामी दिनमा जनसंख्याको एक प्रतिसत अटिजमको सिकार हुन सक्ने भन्दै त्यसो भएमा अर्को एक प्रतिसत हेरचाहको लागि पछि लाग्नुपर्ने अवस्था आउने जानकारी गराउनु भयो ।
बैठकले भदौको पहिलो शनिबार तिज मिलन कार्यक्रम गर्ने निर्णय गरेको छ । त्यसको लागि पब्लिक रिलेशन चियर किशोरकुमार विकलाई संयोजकको जिम्मेवारी प्रदान गरिएको छ । बैठकमा क्लवका कोषाध्यक्ष टिकाराम पाण्डेयले क्लवको आर्थिक अवस्थाको बारेमा जानकारी गराउनु भएको थियो । त्यस्तै सहसचिव अर्जुनप्रसाद आचार्यले अघिल्लो बैठकको निर्णय जानकारी गराउनु भएको थियो ।