बुटवलकाे तिलाेत्तमा माध्यमिक विद्यालयमा अध्ययन गर्ने बालबालिकालाई मारवाडी महिला मञ्चले शैक्षिक सामग्रि प्रदान गरेकाे छ ।
उक्त विद्यालयमा अध्ययन गर्ने कक्षा १ देखि ३ सम्मका १२० जना बालबालिकालाई ६० हजार रुपैंया बराबरकाे झाेला तथा खेलकुदका सामग्रि प्रदान गरेकाे हाे ।
त्यस अवसरमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ताराप्रसाद ज्ञवालीले बुटवलकाे सेन्टरमा रहेपनि विद्यालयकाे आर्थिक अवस्था कमजाेर रहेकाे बताउनु भयाे ।
मारवाडी महिला मञ्चकी अध्यक्ष सुन्नलता मालपानीले विद्यालयमा वालबालिकाकाे आवश्यकताकाे आाधारमा सक्दाे सहयाेग गरिएकाे बताउनु भयाे । प्रध्यानाध्यापक ईश्वरी रेग्मीले विद्यालयमा अधिकांस विपन्न परिवारका वालबालिका रहेकाे बताउनु भयाे ।