भिजन लुम्बिनी उर्जा कम्पनीलाई आईपिओ निस्कासनको स्वीकृति

1.3K

भिजन लुम्बिनी उर्जा कम्पनीलाई आईपिओ निस्कासनको स्वीकृति

भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडले आइपीओ निस्कासनको लागि स्वीकृति पाएको छ । नेपाल धितोपत्र बोर्डबाट कम्पनीले भदौ ५ गते आइपीओ निस्कासनको स्वीकृति पाएको हो ।
यो जलविद्युत क्षेत्रको कम्पनी हो । कम्पनीले कुल जारी पुँजीको २० प्रतिशत शेयर निस्कासन गर्ने स्वीकृति पाएको अध्यक्ष जगतबहादुर पोखरेलले जानकारी गराउनु भयो ।
नेपाल धितोपत्र बोर्डबाट आईपिओ निस्कासनको स्वीकृति पाएको यो कम्पनीले अवको केही समयमा ३८ करोड २५ लाख रुपैंया बराबरको प्रति कित्ता एक सय रुपैंयाका ३८ लाख २५ हजार कित्ता शेयर निस्कासन गर्नेछ ।
भिजन लुम्बिनी उर्जा कम्पनीले माछापुच्छ्रे गाउँपालिका वडा नं. २ सार्दिखोलामा २५ मेगावाटको सेतीनदी जलविद्युत आयोजना (हाईड्रोपावर) सञ्चालन गरेको छ । आयोजनाको प्रवद्र्धक भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडका अनुसार हालसम्म ९० प्रतिशत काम सकिएको छ । यो जलविद्युत आयोजनाको २०७७ भदौदेखि निर्माण सुरु गरिएको थियो ।