चलचित्र ‘परदेशी–२’ : नायिका केकीको ३३ औं फिल्म, प्रकाशको डेव्यु

1.3K

चलचित्र ‘परदेशी–२’ : नायिका केकीको ३३ औं फिल्म, प्रकाशको डेव्यु

दशैंको अवसर पारेर यहि असोज २६ गतेदेखि देश र विदेशमा समेत एकसाथ प्रदर्शनमा आउन लागेको नेपाली कथानक चलचित्र ‘परदेशी–२’ प्रचारप्रसारको लागि निर्माता तथा कलाकारको टिम देश दौडाहामा छ ।
चलचित्रका निर्माता तथा निर्देशक वरिष्ठ गायककार नारायण रायमाझी, नायक प्रकाश सपूथ, नायिका केकी अधिकारी सहित कालाकारको टिम चितवनदेखि नेपालगञ्ज हुँदै बुटवल आईपुगेको छ । रायमाझीले निर्माण गरेको यो तेस्रो चलचित्र हो । यस अगाडि उहाँले निर्माण गरेका गोरखा पल्टन र परदेशी गरी दुईवटा चलचित्र सफल भईरकेका छन् ।
बुटवल आएको चलिचित्र टिमसंग मंगलबार नेपाल चलिचित्र पत्रकार संघ रुपन्देहीले गरेको पत्रकार सम्मेलनमा निर्माता तथा निर्देशक रायमाझीले चलचित्रमा सामाजिक परिवेशलाई यथार्थ रुपमा चित्रण गरिएको बताउनु भयो । ‘यो चलचित्रमा कुनैपनि काल्पनिक कुरा गरेका छैनौं ।’ निर्माता तथा दिर्नेशक रायमाझीले भन्नुभयो–‘समाजमा घटिरहेका यथार्थ घटनालाई चलचित्रमा उतार्ने प्रयास गरेका छौं ।’ चलत्रिमा समाजको कथा व्यथालाई उठान गरेकाले दर्शकले मन पराउनेमा उहाँ आशावादी पनि हुनुहुन्छ ।
अवसरको खोजीमा विदेशिने युवाहरुलाई सन्देश दिन खोजिएको यो चलचित्रमा विदेशमा रहँदा हासिल गरेको सिकाई र अनुभव आफ्नो माटोमा प्रयोगमा ल्याउन उहाँले आग्रह गर्नुभयो ।

  • नायिका केकीको ३३ औं फिल्म, प्रकाशको डेव्यु

यो चलचित्रमा नायक प्रकाश सपूथ र नायिका केकी अधिकारीको मुख्य भूमिका छ । नायिका अधिकारी ठूलो पर्दाकी अनुभवी नायिका हुनुहुन्छ भने प्रकाशको पहिलो चलचित्र हो । नायिका अधिकारी यस अगाडि ३२ वटा ठूलो पर्दाका चलचित्रमा नायिकाको भूमिकामा आईसक्नु भएको छ भने यो ३३ रहेको उहाँ बताउनु हुन्छ । तर गित संगित तथा क्रियसनमा अब्बल प्रकासको यो पहिलो चलचित्र हो । गित संगितमा सर्वाधिक लोकप्रिय प्रकासलाई ठूलो पर्दामा हेर्नका लागि दर्शक आतुर छन् ।
पहिलो डेव्यु गरेका नायक प्रकाशले पहिलो फिल्म भएकोले आफू निकै उत्साहित भएको बताउनु भयो । आफूले वागलुङमा मिडियामा काम गर्दा स्वर चलचित्रको प्रचारमा गएकी नायिका अधिकारीसंग अहिले संगै फिल्म खेल्न पाउँदा धेरै खुसी भएको पनि बताउनु भयो ।
नायिका अधिकारीले आफूले खेलेका ३३ वटा चिलचित्र मध्ये भिन्नै प्रकृतिको मौलिक कथामा भएको बताउनु भयो । उहाँका अनुसार हरेक उमेर समुह, विद्यार्थी, अभिभावक सबैले हेर्नुपर्ने चलचित्र बनेको छ ।
यो चलचित्र नेपालका काठमाण्डौ, पोखरा तथा पाल्पा र विदेशमा भारत तथा युएसएमा छायांकन गरिएको छ भने नायक प्रकाश सपूथ र नायिका केकी अधिकारी सहित कलाकारहरु वर्षा शिवाकोटी, प्रशान्त तामाङ, दीलिप रायमाझी, नीर शाह, रमा थपलिया, देवेन्द्र बब्लु, सुशील पोखरेल, सबिन बास्तोला, रोशनी कार्की लगायतको अभिनय रहेको छ । राजेश वंशल (अग्रवाल) र नारायण रायमाझीको निर्माण रहेको फिल्मको मानकृष्ण महर्जनले छायांकन गर्नुभएको हो ।
सोमबार बुटवल आएको चलचित्र टिमले मंगलबार र बुधबार बुटवल तथा आसपासका बिभिन्न कलेजमा कलाकार सहित चलचित्रको प्रोमोसन गरिने र पोखरा हुँदै काठमाण्डौ फर्किने रायमाझीले बताउनु भयो ।