नाई संघद्वारा बुटवलमा नि:शुल्क आँखा स्वास्थ्य शिबिर

96

नाई संघद्वारा बुटवलमा नि:शुल्क आँखा स्वास्थ्य शिबिर

नेपाल नाई संघले बुटवलमा निशुल्क आँखा स्वास्थ्य शिबिर गरेकाे छ । नेपाल नाई संघ लुम्बिनी प्रदेश समितिकाे आयनेजनामा साेमबार लायन्स आँखा अस्पतालले बुटवल ट्राफिकचाेकमा सञ्चालन गरेकाे सिटि क्लिनिकमा नि:शुल्क आँखा स्वास्थ्य शिबिर गरिएकाे हाे ।
शिबिरमा ६५ जनाले आँखा परीक्षण गराएकाे र ४२ जनाकाे सुगर परीक्षण गरिएकाे नाई संघ लुम्बिनी प्रदेश अध्यक्ष सफातुल्ला रजाले जानकारी गराउनु भयाे । त्यसमध्य ४ जनामा माेतियाविन्दुकाे समस्या देखिएकाे छ ।