नेक्ससले एसईई दिने २ सय क्रिकेट खेलाडीलाई निःशुल्क क्रिकेट क्याम्प गर्ने

101

नेक्ससले एसईई दिने २ सय क्रिकेट खेलाडीलाई निःशुल्क क्रिकेट क्याम्प गर्ने

काठमाडौंको पेप्सीकोमा रहेको नेक्सस क्रिकेट एकेडेमीले एसईई दिने २ सय जना क्रिकेट खेलाडीलाई २० दिने निःशुल्क क्रिकेट क्याम्प गर्ने भएको छ । ग्रासरूट क्रिकेट बिकासमा कोषेढुङगा साबित एसईई क्याम्पलाई निरन्तरता दिदै नेक्ससले एसईई क्याम्पको पांचौ संस्करण गर्न लागेको हो ।
यहि चैतको २८ देखि बैशाख १८ गतेसम्म मुलपानी क्रिकेट रंगशाला र नेक्सस क्रिकेट एकेडेमी प्राङ्गढमा सञ्चालन गर्न लागिएको क्याम्पमा सहभागी हुन खेलाडीले अनलाइन फारम भर्नुपर्ने छ । फारम भर्ने पहिलो २ सय जनालाई क्याम्पमा सहभागि गराईने नेक्सस क्रिकेट एकेडेमीले जनाएको छ ।
क्याम्पमा सहभागी खेलाडीलाई पाकिस्तानको पहिलो श्रेणीका खेलाडी रहिसकेका पाकिस्तान क्रिकेट बोर्डबाट लेभल १ गरेका प्रशिक्षक ईम्तिहाज हुसेन र नेपालका वरिष्ठ प्रशिक्षकले तालिम दिने छन् । क्याम्पमा सहभागि भएको सबै खेलाडिलाई १० खेल खेल्ने अवसर प्रदान गरिने नेक्ससका अध्यक्ष भरतकुमार शाहीले जानकारी गराउनु भयो ।
एसईई क्याम्प क्रिकेटका नवप्रतिभाको खोजी गरी नेपाली क्रिकेटलाई अब्बल खेलाडी सुम्पिने महत्वपूर्ण अभियान रहेको बताउँदै उहाँले क्याम्पबाटै नेपालको अन्डर नाईनटिन टिमका महत्वपूर्ण खेलाडि उत्तम थापा मगर र अन्डर सिक्सटिनका अशोक धामी लगायतका दर्जन खेलाडी जन्मिएको स्मरण गराउनु भयो । पुर्ण निःशुल्क सञ्चालन हुने यो क्याम्पलाई सफल बनाउन सहयोग गर्नको लागि सरोकारवाला सबैलाई नेक्सस क्रिकेट एकेडेमीले अपिल गरेको छ ।