खुल्ला महिला दौडमा कालिकी प्रकृति प्रथम

1.3K

खुल्ला महिला दौडमा कालिकी प्रकृति प्रथम

११४ औं अन्तराष्ट्रिय महिला दिवसको अवसरमा “महिला सशक्तिकरणका लागि खेलकुद भन्ने नाराका साथ बुटवलमा शुक्रबार ५ किलोमिटर खुल्ला महिला दौड प्रतियोगिता सम्पन्न भएको छ ।
रेडियो मुतmी बुटवलको आयोजना, लुम्बिनी खेलकुद् परिषद्को मुख्य प्रायोजक तथा प्रवद्र्धन, बुटवल उपमहानगरपालिका सहित बिभिन्न पालिका र संघसंस्थाको सहकार्यमा प्रतियोगिता सम्पन्न भएको थियो ।
दौड प्रतियोगितामा कालिका मानवज्ञान माबिकी प्रकृति घिमिरे २२ मिनेट ५७ सेकेण्ड ४३ प्रतिसेकेण्डमा ५ किलोमिटर दुरी पार गर्दै प्रथम हुन सफल हुनु भएको छ । प्रथम घिमिरेले नगद १२ हजार रुपैया, मेडल र प्रमाणपत्र प्राप्त गर्नुभएको छ । त्यस्तै नेपाल प्रहरीकी पुनम खड्का क्ष्ोत्री २३ मिनेट ११ सेकेण्ड १२ प्रतिसेकेण्डमा दुरी पार गरि द्वितीय हुनुभएको छ । उहाँले ९ हजार रुपैया नगद, मेडल र प्रमाणपत्र प्राप्त गर्नुभएको छ ।
दिप बोर्डिङ्गकी देवी बुढा २७ मिनेट १२ सेकेण्ड ६६ प्रतिसेकेण्डमा पाँच किलोमिटर दरी पार गर्दै तृतिय स्थान हात पार्न सफल हुनुभएको छ । बुढाले नगद रु नगद ५ हजार, प्रमाणपत्र तथा मेडल प्राप्त गर्नुभएको छ ।
खेलमा कालिका मानवज्ञान माबिकी कृति पराजुली २७ मिनेट १७ सेकेण्ड ५६ प्रतिसेकेण्डमा निर्धारित दुरी पार गर्दै चौथो हुन सफल हुनुभएको छ । पराजुलीलाई प्रोत्साहनस्वरुप रु ३ हजार र प्रमाणपत्र प्रदान गरिएको छ ।
त्यस्तै बुटवल उपमहानगरपालिकाका पुजा थारु पाँचौ, लुम्बिनी प्रादेशिक अस्पतालमा कार्यरत ममता पाण्डे छैठौ हुनुुभएको छ । उहाँहरुलाई क्रमश प्रोत्साहन स्वरुप रु २ हजार, प्रमाणपत्र प्रदान गरिएको छ ।
विजयी प्रतियोगिलाई लुम्बिनी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव जयप्रकाश भट्टराई, रेडियोकी कार्यवाहक अध्यक्ष ईन्दिरा आचार्य, लगायतले पुरस्कार वितरण गर्नुभएको हो । प्रतियोगितामा ३ सय बढी सहभागि रहेको रेडियो मुक्तिले जनाएको छ ।
प्रतियोगिताको उद्घाटन गर्दै बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले खेल क्षेत्रको प्रबद्र्धन र विकासमा उपमहानगरपालिकाले जोड दिदै आएको बताउनुभयो ।