सरकारमा उपप्रधानमन्त्रीको संख्या चार पुग्यो

45

सरकारमा उपप्रधानमन्त्रीको संख्या चार पुग्यो

सरकारमा उपप्रधानमन्त्रीको संख्या चार पुगेको छ । आईतबार जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले उपप्रधानमन्त्री सहित स्वास्थ्य मन्त्रीको शपथ ग्रहण गरेलगत्तै सरकारमा उपप्रधानमन्त्रीको संख्या चार पुगेको हो । यस अंगाडि माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ, एमालेका रघुविर महासेठ र रास्वपाका अध्यक्ष रवि लामिछाने उप्रधानमन्त्री भईसक्नु भएको छ ।
प्रधानमन्त्रीको वरीयता क्रममा उपप्रधानमन्त्रीमध्ये पहिलोमा एमालेका रघुवीर महासेठ, दोस्रोमा माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ, तेस्रोमा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने र अन्तिममा उपेन्द्र यादव रहनु भएको छ ।
सरकारमा जसपाबाट अध्यक्ष यादव सहित नलकिशोर साहले बन तथा वातावरण मन्त्रीको शपथ लिनु भएको हो । दुबैजनालाई आईतबार राष्ट्रपति रामचन्द्र पौडेलले शितल निवासमा पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु भएको हो ।