राप्रपाले सत्ता गठबन्धनलाई सहयोग नगर्ने

20

राप्रपाले सत्ता गठबन्धनलाई सहयोग नगर्ने

राष्ट्रिय प्रजातन्त्र पार्टीले सत्ता गठबन्धनलाई सहयोग नगर्ने निर्णय लिएको छ ।
बुधबार बसेको पदाधिकारी बैठकले प्रदेशमा सरकार गठन वा मुख्यमन्त्रीले विश्वासको मत लिँदा सत्ता गठबन्धनलाई सहयोग नगर्ने निर्णय गरेको हो ।
सत्ता गठबन्धन बाहिरको दललाई समर्थन गर्ने वा नगर्नेबारे सम्बन्धित प्रदेश समितिसँग समन्वय गरेर निर्णय लिन अध्यक्ष राजेन्द्र लिङ्देनलाई जिम्मेवारी प्रदान गरिएको छ ।
यो निर्णयसंगै राप्रपा आफू निर्णायक भएको लुम्बिनी, गण्डकी र सुदुरपश्चिम प्रदेशमा सत्ता गठबन्धनबाहिरको दलले समर्थन मागेमा दिन सक्नेछ ।