तिलोत्तमा जेसीजद्वारा विद्यार्थीको आँखा परीक्षण : शैक्षिक सामाग्रि वितरण

1.3K

तिलोत्तमा जेसीजद्वारा विद्यार्थीको आँखा परीक्षण : शैक्षिक सामाग्रि वितरण

तिलोत्तमा जेसीजले तिलोत्तमाको विश्व शान्ति आधारभूत विद्यालयमा निःशुल्क नेत्र परीक्षण तथा विद्यार्थीलाई शैक्षिक सामाग्रि वितरण गरेको छ । तिलोत्तमा जेसीजले शुक्रबार एक कार्यक्रमका बिच तिलोत्तमा नगरपालिका वडा नं. ९ मा रहेको विश्व शान्ति आधारभूत विद्यालयमा अध्ययन गर्ने बालबालिकाको निशुल्क नेत्र परीक्षण तथा विद्यार्थीलाई शैक्षिक सामाग्रि वितरण गरिएको हो ।
जेसीजे गर्ने सामाजिक उत्तरदायित्व अन्तरगत तिलोत्तमा आई केयरको प्राविधिक तथा शाईन रेसुङ्गा डेभलपमेन्ट बैंकको आर्थिक सहयोगमा गरिएको कार्यक्रममा २५० जना विद्यार्थीको आँखा परीक्षण गरिएको थियो । त्यस्तै उनीहरुलाई विद्यालय झोला, कपी डटपेन लगाएतका शैक्षिक सामाग्रि प्रदान गरिएको तिलोत्तमा जेसीजका अध्यक्ष महेश शर्माले जानकारी गराउनु भयो ।
कार्यक्रममा बोल्दै नेपाल जेसीजका राष्ट्रिय कार्यकारीणी उपाध्यक्ष सन्दिप अग्रहरीले तिलोत्तमा जेसीजले गर्ने हरेक कार्यक्रमको प्रभाव समाजमा रहेको बताउनु भयो । उहाँले कार्यक्रम सानो देखिएपनि प्रभावकारिताको हिसावले विशिष्ट खालका कार्यक्रम गर्दै आएको बताउँदै यस प्रकारका कार्यक्रमलाई निरन्तरता दिन आग्रह गर्नुभयो ।
त्यस्तै तिलोत्तमा जेसीजका अध्यक्ष महेश शर्मा पौडेलले जेसीजले नेतृत्व तथा व्यक्तित्व विकासंगै सामाजिक उत्तरदायित्व बहन गरी बालबालिकाको आँखा परीक्षण तथा उनीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको बताउनु भयो । जेसीजले समाजलाई लाभ हुने कार्यक्रम गर्ने गरेकाले समाजमा उत्कृष्ट संस्थाको रुपमा स्थापित भएको भनाई राख्नुभयो ।
तिलोत्तमा नगरपालिका वडा नं ०९ का वडाअध्यक्ष ध्रुव न्यौपानेले समाजसंग जोडिएका यस्ता कार्यक्रमले नतिजा पनि दिने भएकाले वडा यस्ता सामाजिक काममा सधै संगै रहने बताउनु भयो । विद्यालयका प्रध्यानध्यापक डोलराज पाण्डेले जेसीजले वास्तविक विपन्न र गरिवीका कारण जिविकोपार्जन गर्न नसक्ने परिवारका बालबालिकालाई लक्षित गरेर ग्रामिण विद्यालयमा गरेको नेत्र परीक्षण कार्यक्रम उदाहरणीय रहेको बताउनु भयो । उहाँले यस प्रकारका सामाजिक कामलाई निरन्तरता दिन पनि आग्रह गर्नुभयो ।
कार्यक्रममा तिलोत्तमा जेसीजका संस्थापक अध्यक्ष विनोद ढकाल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरि पाण्डे, तिलोत्तमा जेसीजका पुर्व अध्यक्ष विनोद सुवेदी, लोकप्रसाद भण्डारी, निवर्तमान अध्यक्ष प्रकाश गौतम, तिलोत्तमा आई केशरका देवराज जोसी, दृष्टि विशेषज्ञ सुजिता केसी, मानव अधिकार तथा शान्ति समाज रुपन्देहीका अध्यक्ष कृष्ण भट्टराई, चिरन्जीवी बस्याल लगायतको उपस्थिती रहेको थियो । कार्यक्रम संयोजक भानु पोखरेलको स्वागत तथा महासचिव प्रकाश न्यौपानेको सञ्चालनमा भएको थियो ।