नेपाल उद्याेग वाणिज्य महासंघकाे अध्यक्ष पुनः प्रत्यक्ष निर्वाचनबाटै

1.3K

नेपाल उद्याेग वाणिज्य महासंघकाे अध्यक्ष पुनः प्रत्यक्ष निर्वाचनबाटै

नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष पुनः प्रत्यक्ष निर्वाचनबाट चयन हुने व्यवस्था गरिएको छ । महासंघकाे साेमबार बसेकाे कार्यसमिति बैठकले विधान संशाेधनकाे प्रस्तावलाई पास गरेकाे हाे ।
कार्यसमितिले संशोधन गरेको विधानलाई आगामी मंसिरमा हुने साधारण सभाले पारित गरेपछि कार्यान्वयनमा आउने छ ।
संशोधित प्रावधान हालका वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष भएपछि अर्काे कार्यकालबाट लागू हुने छ । अहिले वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ हुनुहुन्छ ।
यसअघिको विधानमा महासंघका वरिष्ठ उपाध्यक्ष आगामी कार्यकालमा स्वतः अध्यक्ष हुने प्रावधान थियो ।
संशोधित विधानमा वरिष्ठ उपाध्यक्ष दुई जना रहने व्यवस्था गरिएको छ । यसअघि वरिष्ठ उपाध्यक्ष एकजना रहने व्यवस्था थियाे । त्यस्तै एक महिला उपाध्यक्ष पनि थप गरिएकाे छ । संशाेधित विधान साधारण सभाले पारित गरेमा उपाध्यक्षकाे संख्या ४ हुनेछ ।