काठमाण्डौमा पलेसालाई भव्य सम्मान

1.3K

काठमाण्डौमा पलेसालाई भव्य सम्मान

पेरिस पारालम्पिकमा ऐतिहासिक पदक जितेर फर्किएकी पलेसा गोबर्धनलाई सम्मान गरिएको छ । पेरिसमा भएको पारालिम्पिक्समा के ४४ क्याटगोरी अन्तरगत महिला ५७ केजीमुनि प्रतिस्पर्धा गरेकी पलेशाले कांस्य पदक जितेकी थिइन् । यो नेपाली खेलाडीहरुले ओलम्पिकमा जितेको पहिलो पदक हो ।
ऐतिहासिक सफलताको खुसीमा राष्ट्रिय खेलकुद परिषदले पलेसालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि नै भव्य स्वागत गरी नगर परिक्रमा गराएको हो । पलेसाको स्वागतमा युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीसहित राखेपका पदाधिकारी र समर्थकहरु सहभागी थिए ।
त्यस अवसरमा पलेसाले छोटो समयको तयारीका बाबजुद पनि पदक जित्दा गौरव लागेको बताउँदै यो आफ्नो मात्र नभई सिंगो देशको सफलता भएको बताउनु भयो । उहाँले ओलम्पिक पदकको लामो समयदेखिको प्रतिक्षा पूरा भएको पनि बताउनु भयो ।