बुटवल, माघ १२ ।नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको चौथो राष्ट्रिय महाधिबेशनले ७ बुँदे घोषणा पत्र जारी गरेको छ । बुटवलमा यहि माघ ९ र १० गते सम्पन्न महाधिबेशनले ७ बुँदे घोषण पत्र जारी गरेको मंगलबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईएकाे छ । महासंघका नवनिर्वाचित अध्यक्ष हरि प्रसाद अर्यालले पुस्तक निति नहुँदाका समस्याहरुलाई जारी घोषणापत्रले केही हदसम्म समधान गर्ने बताए । जारी घोषणापत्रमा व्यवसायीक संरक्षण र सांगठनिक सशक्तिीकरणमा महासंघले अभियानको रुपमा लैजाने बताइएको छ ।राष्ट्रिय पुस्तक नितीको मस्यौदा बनेर यतिकै थन्किरहेको जानकारी दिदै अध्यक्ष अर्यालले पुस्तक निति निर्माण गरी कार्यान्वयन गर्न दवाव सिर्जना गरिने बताए ।उनले स्टेशनरीको व्यवसायीको पेसागत सुरक्षाका लागि नेपाल सरकारको कानुन र अदालतको निर्देशनका आधारमा कार्यान्वयनका लागि अनुरोध गरिने जानकारी दिए । घोषणापत्रमा देशका दुर्गम क्षेत्र सम्म जनक शिक्षा सामाग्री केन्द्र र निजी प्रकाशनका पुस्तकहरु लगाएत शैक्षिक सामागीहरु समयमा पुराउने बातावरण बनाउन सम्बन्धित निकाय सँग पहल गरी अगाडि बढ्ने बताइएको छ ।तयारी पुस्तक आयतमा भन्सार कर नलागेपनि कच्चा पदार्थका बस्तुहरुमा कर तथा भन्सार लाग्ने र जसका कारण मुद्रण, स्टेशनरी र प्रकाशन क्षेत्र प्रभावित हुने भन्दै सरकार सँग ध्यानाकर्षण गर्ने घोषणापत्रमा उल्लेख गरिएको छ । महासंघका पुर्व अध्यक्ष धनराज आचार्यले पुस्तक नितीका कारण बजारमा अश्लिल र अनाधिकृत विक्रि हुने गरेकाले महासंघले तत्काल निती बनाउन लागि पर्ने बताए ।उनले पुस्तक निती बनेपछि अहिले पुस्तकमा देखिएका ९५ प्रतिशत विकृतीको समधान हुने समेत प्रष्ट पारे । यसैबीच महासंघको पहिलो केन्द्रीय समितिको बैठकले ९ सदस्यीय मनोनित सल्लाहकारहरु चयन गरिएको छ ।जसको मनोनित सभापति सल्लाहकारमा पोखराका धनराज आर्चाय रहेका छन् । त्यस्तै सदस्यहरुमा कृष्ण प्रसाद पाण्डे (बुटवल), राजेन्द्र ज्ञवाली (बुटवल), रामचन्द्र तिमाथी (काठमाडौं), नारायण कुमार श्रेष्ठ (धादिङ), दिवाकर घिमिरे (बुटवल), बालकृष्ण बस्याल (भैरहवा), नवराज बजगाई (काठमाडौं) र बसन्त कुमार लामिछाने (नेपालगंज) चयन भएका छन् ।