बुटवल उपमहानगरपालिका वडा नं. ११ कालिकानगर भुवनसिंह मार्गमा रहेको इन्टलेक्चुअल एकेडेमीमा खेलकुद सप्ताह सुरू गरिएको छ । खेलकुद मार्फत विद्यार्थीमा रहेको प्रतिभाको छनोट गर्नका लागि बुधबारदेखि आयोजना गरिएको खेलकुद सप्ताहकामा सदनात्मक तथा कक्षागत रूपमा प्रतियोगिता गराईने विद्यालयले जनाएको छ ।
नर्सरीदेखि कक्षा १० सम्मका विद्यार्थी सहभागी हुने खेलकुद कार्यक्रममा भलिवल, कबड्डी, फुटसल, रिले दौड सटपुट, हाइजम्प, लमजम्प, टेबलटेनिस, ब्याटमिन्टन, ज्यावलिङ थ्रो, कुर्चीदौड, साइकिल दौड, बास्केटबल, खो खो लागायतका खेलमा प्रतिस्प्रर्धा गराईने छ । खेल सप्ताहको उदघाटन गर्दै विद्यालय सञ्चालक समितिका अध्यक्ष गोबिन्दप्रसाद मरासिनीले विद्यालयले खेलकुद संगसगै अन्य बिधालाई समेत प्राथमिकतामा राखेर योजना अघि बढाईएको बताउनु भयो ।
विद्यालयका संस्थापक सञ्चालक एवं प्रबन्ध निर्देशक रामराज पोख्रेलले खेलकुदले बिद्यार्थीमा रहेको प्रतिभा प्रस्फुटनका लागि सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो । निम्नमाध्यमिक तह संयोजक मेघराज पोख्रेलको अध्यक्षतामा भएको उदघाटन कार्यक्रमको सञ्चालन कोर्डिनेट माया पौडेलले गर्नुभएको थियो ।
