डेरी एसोसिएसनको साधारण सभा : दुधकाे उत्पादन लागत घटाउने विषयमा छलफल हुने

1.3K

डेरी एसोसिएसनको साधारण सभा : दुधकाे उत्पादन लागत घटाउने विषयमा छलफल हुने

नेपाल डेरी एसोसिएसनको २६ औं बार्षिक साधारण सभा बुटवलमा हुने भएको छ । साधारणसभाको तयारी पुरा भएको एसोसिएसनले आईतबार बुटवलमा पत्रकार सम्मेलन गरी जानकारी गराएकाे हाे ।
एसोसिएसनको २६ औं वार्षिक साधारणसभा तथा स्थापना दिवस सोमबार बुटवलमा मनाईदै छ । प्रदेशका कृषि, भुमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीको प्रमुख आतिथ्यतामा साधारण सभा तथा स्थापना दिवसन मनाउन लागिएको हो ।
नेपाल डेरी एसोसिएसनको लुम्बिनी प्रदेश समितिको स्थानीय व्यवस्थापनमा साधारणसभा हुन लागेको हो ।
एसोसिएसनले फरक–फरक प्रदेशमा साधारणसभा लगायत विभिन्न कार्यक्रम गर्ने उद्देश्य अनुसार यस पटक बुटवलमा हुन लागेको जनाएको छ । नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालले साधारणसभाको सबै तयारी पूरा भएको जानकारी दिनुभयाे । सभाको अवसरमा स्वदेश र भारतका डेरी मेसिन उत्पादकहरु र डेरीसँग सम्बन्धित व्यवसायीले डेरीजन्य मेसिन तथा डेरी सम्बन्धी सामानहरु प्रदर्शनीमा राखिने उहाँले बताउनु भयाे ।
उहाँका अनुसार सभामा ७ वटै प्रदेशका उत्कृष्ट उद्योगी, दीर्घ सम्मान, राष्ट्रिय डेरी सम्मान, कृषि पत्रकारिता, उत्कृष्ट किसान, युवा व्यवसायीलाई सम्मान गर्ने कार्यक्रम छ ।
साधारण सभा तथा स्थापना दिवसको लागि देशभरबाट उद्योगमा दर्ता भएका डेरी व्यवसायी उद्योगीहरु बुटवलमा आएका छन् । नेपाल डेरी एशोसीयसन लुम्बिनी प्रदेश अध्यक्ष तथा कार्यक्रम संयोजक थानेश्वर न्यौपानले देशभरबाट आएका प्रतिनिधीहरुको आवास लगायतका सबै व्यबस्थापन गरिसकिएकाे छ ।
सोमवार बिहान ८ देखि १० बजेसम्म एसोसिएसनको बन्द सत्र र ११ः३० बजेबाट खुल्ला सत्रको कार्यक्रम सुरु हुने कार्यतालिका रहेको छ ।
साधारणस संघीय कृषि तथा पशुपन्छी विकास मन्त्रालय, राष्ट्रिय दुग्ध विकास बोर्ड, पशुसेवा विभाग, दुग्ध विकास संस्थान, केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका प्रतिनिधि, डेरी क्षेत्रका सरोकारवाला निकायका प्रतिनिधि, ७ प्रदेशबाट २ सय भन्दा बढी डेरी उद्योगी सहभागी हुने महासचिव हेमचन्द्र खनालले जानकारी दिनुभयाे
नेपाल डेरी एसोसिएसन घरेलु, साना, मझौला र ठूला डेरी उद्योगको आबद्धता रहेको साझा संस्था हो ।स्थापनाको २६औं वर्ष सम्म आइपुग्दा संस्थाले नेपालको दूध तथा दुग्ध व्यवसायको समग्र विकासमा महत्वपूर्ण योगदान गर्दै आइरहेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष दाहालले बताउनु भयाे । ‘नीतिगत तहमा भएका कमी कमजोरीलाई सुधार गर्न पहलकदमी गरिरहेको यस संस्था नेपालका डेरी उद्योगीका लागि आशा एवं भरोसाको केन्द्र बन्न सफल भएको छ,’ उहाँले भन्नुभयाे ।
नेपालको डेरी क्षेत्रमा एसोसिएसनले पुर्याएका योगदान तथा गतिबिधिका बारेमा साधारणसभामा समिक्षा गरी भावि योजना तर्जुमा गरिने एसोसिएसनका लुम्बिनी प्रदेश अध्यक्ष एवं कार्यक्रम संयोजक थानेश्वर न्यौपानेले बताउनुभयाे । ‘कार्यक्रममा दुग्ध क्षेत्रका बारेमा छलफल तथा अन्तरक्रियासमेत गरिनेछ,’ उहाँले भन्नुभयाे । नेपाल डेरी एसोसिएसनका पूर्व अध्यक्ष मेघराज भण्डारीले डेरी क्षेत्रका लागि लुम्बिनी प्रदेशले राम्रो सम्भावना बोकेको बताउनुभयाे । नेपालमा डेरी क्षेत्रको विकासका लागि एसोसिएसनले महत्वपूर्ण काम गर्दै आएको उहाँको भनाइ छ ।