अबको आवस्यकता क्रान्तिकारी धुर्बिकरण -प्रेम पाठक

901

अबको आवस्यकता  क्रान्तिकारी धुर्बिकरण -प्रेम पाठक

जब नेपालमा जनयुद्ध चलिरहेको थियो ,युरोपमा यसको प्रभाब यहाका प्रबासी नेपालि हरुले सक्दो पारेका थिए|चाहे नेपालि बीच मा होस् वा युरोपियन हरु बीच |कार्यसैली भूमिगत थियो | प्रभाव बढ्दो थियो |केन्द्र देखिका नेताले दिएको प्रसिक्षण र गोप्य सर्कुलर ले जति उर्जा दिन्थ्यो त्यो भन्दा बढी नेपालमा माओवादीको राज्य सत्ता लाइ थकाउदै सेना प्रहरी का ब्यारेक कब्जा गरेका समाचारले प्रभाव पार्थ्यो| रगत उमाल्थ्यो |प्रबासी नेपाली देखि बिदेसीहरु अनि सुभचिन्तक ,समर्थक ,भाइचारा हरुले उत्सुकताका साथ चासो राख्दथे ,के हुदैछ ? झन् गम्भीर भएर सोद्दथे ,अब के हुन्छ ?याँहा का नेतृत्वले जे थाहा थियो नत सबै भन्न मिल्थो न त् पूर्ण ज्ञान नै थियो ,अनि भन्ने गर्दथे वेट एण्ड सी ,वि विल विन (पख्नुस र हेर्नुस ,हामीले एकदिन जित्ने छौं ) |यहि नै सालिन अनि बस्तुवादी उत्तर थियो|खास उत्तर त् युद्द लड्ने लाइ पनि सोझै दिन कठिन थियोहोला|अनि यता का ले कति दिने ?जे दिए ,जति दिए ठिकै दिए|
बाह्र बुदे को हस्ताक्षरले सान्तिप्रक्रिया मा माओवादी पुग्यो|यसको प्रभाव युरोपका नेपालीमा पनि नपर्ने कुरै भएन|यहा का धेरैलाई माओवादी सक्तिमा आएको महसुस भयो | आखिर सक्ति को पुजा यत्र ,तत्र ,सर्बत्र हुनेनै भयो|यहाँ पनि अछुतो रहेन| माओबादी मा लागेका इमान्दार ले आफ्नै जीवन मा जनवाद आउछ भने नेपाल किन नफर्कने ? भनेर तर्क गर्दथे भने सक्ति को दुरुपयोग गर्ने ले फलानो नेता मेरो नजिक भनि आफु माओवादी पार्टीको नजिक रहेको परिभासा पनि गर्न पुगे|यता हिजो जनयुद्ध कालमा माओबादिलाई गालि गर्नेहरु ,बिबिध आरोप लगाउनेहरु पनि पछिका दिनमा नजिकन पुगे |कतिपए त् आफु जन्म सिद्द माओवादी भएको कुरा गर्न लागे |यस्तो लाग्दथ्यो ,केहि अन्य पार्टीका चिनिएका नेता कार्यकर्ताहरुबाहेक अरु सबै बेल्जियम बासि नेपालि माओवादी हुन् |समग्र युरोपमा नै सांगठानिक गतिबिधि तथा बिबिध कार्यक्रम को उपस्थिति ले यस्तै देखाउदथ्यो|
एक दसक जनयुद्द का दिन अनि अर्को दसक शान्ति प्रक्रिया का दिनमा नेपालको माओवादी आन्दोलनले एक सय असि डिग्री मा फन्को मार्यो| प्रमुख नेताका ब्याक्तिगत सोच नै पार्टी निर्णय भनिन लागे |जन जति धन करण भए| जन अदालत ,जन सेना ,जन सत्ता लाइ सरकारको लागि दाउमा चढाइयो |सहिद ,बेपत्ता ,घाइते र तिन का परिवार को सपनाहरु मार्ने काम भयो|यो केहि पद र स्वार्थका लागि प्रभु संग लम्पसार पर्नेदलाल नेताहरु लाइ पच्च्य भए पनि आम माओवादी लाइ सहिय हुने कुरा भएन|यसले लामो समय देखि सुसुप्त रहेको बिद्रोह को रुप मुखारित भयो|प्रस्फुटन भयो |यसको रुप बौद्ध भेलाको रुप मा प्रकट भयो | एमाओवादि संग बिद्रोह भयो ,ने क पा- माओवादी बन्यो | बिद्रोह क्रान्तिका लागि थियो|नकी गफका लागि |जसलाई क्रान्तिका लागि आदर्स मानेर अगाडी बढे आज उसै संग क्रान्ति को तयारीको कुरा गर्दा अतिवादको आरोप बेहोर्न पर्दा संका हुने नै भो |हेर्दै जादा काम होइन कुरा मा रमाउने देखियो| यो अर्को धोकाथियो |जुन शहिय हुने कुरै भएन |इतिहासमा क्रान्तिकारीहरु बिचको सम्बन्ध बिच्छेद तिक्तता पूर्ण को थियो|हिजो आदर्स मानेकालाई आज दोस देखाएर बस्नु भन्दा तिक्तता फेरी नदोहोराउने गरि हार्दिक बहिर्गमन राम्रो |त्यसैले नया इतिहास कोर्दैक्रान्ति दोस मा होइन काममा देखाउने हो भनी फेरी फुट बेहोर्यो मावोवादी ले |बन्यो ने क पा माओवादी |क्रान्ति को पुनरा बिर्ती होइन बिकास गर्ने हो भन्दै पास गर्यो एकीकृत जनक्रान्ति को कार्यदिशा |यहि कार्यदिशा को आधारमा जनपरिषद अनि जन सभा को घोसणा देसैभारी भै रहेको छ |यसैलाई प्रतिक्रियावादी सत्ताले हिजो को जन सरकार जस्तै हो भनेर बुझ्दै छ |हिजो बिकट गाउँ मा घोसणा भएको जनसरकार आज उनीहरुको सत्ताको केन्द्र काठमान्दौं को मुटु सान्तिवाटिका मा घोसणा भएको छ |यो एक हदमा एकीकृत जन क्रान्तिको कार्यन्वयन हो |
यसरि मारिएका सपनालाइ युरोपमा जोड्न नेपाली जन परगतिशील मोर्चा ले सेतुको काम गर्यो | जसको लागि तत्कालिन अध्यक्ष किरणलाई युरोप ल्याउने र बिचार प्रबाह गराउने जमर्को गर्यो | किरणजी का सिदान्तात क्रान्तिका कुरा गरे पनि ब्यबाहारमा कार्यन्वयन भएन |यो देखे पछि फेरी धोका खान नहुने महसुस गरे |युरोपका सबै संगठन ले एकीकृत जनक्रान्तिको कार्यदिशा लाइ सहि माने |यो नेपालमा मात्रै नभई अन्तरास्ट्रिय रुपमा नै नया थियो |यो विचार को बारेमा अलि गम्भीर छलफल जरुरि थियो | यसको मर्म र उदेस्य बुझ्न को लागि |त्यसैले सोहि पार्टी का स्थायी समिति सदस्य द्वय क प्रकाण्ड अनि क कन्चन लाइ अतिथिको रुपमा मोर्चा ले युरोपमा निमन्त्रणा गर्यो|
१२ जनवरी देखि २९ जनवरी सम्मको युरोप बसाइको क्रम मा मुलत तिन उदेस्य रहेको पाइयो |
१. युरोपको केहि एतिहासिक तथा भौगोलिक अध्यन गर्ने ,
२.कुटनीतिक तथा भाइचारा संगठनसंग सम्बन्ध बिस्तार गर्ने ,
३.प्रवासी नेपालि बीच राजनैतिक ,बैचारिक छलफल अनि सांगठानिक विस्तार गर्ने ,
यसरि माथिका उदेस्य हरु मध्य पहिलो मा युरोप को इतिहास दुइ हप्ताको छोटो बसाइले न त् बुझ्न सकिन्छ न त् यहा बाट हेरे मात्रै बुझिन्छ भन्ने नै हो |यो यहा न आएपनि बुझ्न सकिन्छ नै |तर पनि कम्युनिस्ट का आदर्स कार्ल मार्क्स र लेनिन को जन्म युरोप मा नै भएको ले होला अलि बढी उत्सुक हुनु स्वभाविकै हो |जस अनुसार लेनिन को जन्म र समाधि स्थान रस्सा जान समय प्रतिकुल रह्यो | त्यसैले कार्ल मार्क्स को जन्म थलो जर्मन पुग्नु भयो | दोस्रो उदेस्यलाइ यत्ति छोटो समयमा सोचे जस्तो हुने कुरा भएन | यसको लागि गम्भीर छलफल आवस्यक हुन्थ्यो नै |फेरी पनि छोटो समयमा तय गरिएको भाइचाराहरु संगको भेटघाट उत्साह जनक रहन गयो |नेकपा माओवादीका नेतृत्व द्वारा गरेको छलफल ले सान्ति प्रक्रिया पछिको उत्पन्न भ्रमलाइ चिर्न सफल भएको छ |क्रान्ति र मुक्तिको लागि अथक लागिरहेको भन्दै गरिएको बिस्लेसन ले नया उर्जा अनि विश्वास जगाएको छ ||उनीहरु सहकार्यको लागि तयार देखिएकाछन | यो भेटघाट र छलफलले बिगतमा छिन्न भिन्न भएको कम्युनिस्ट अन्तरास्ट्रिय गठन गर्न सक्ने बाटोको सुरुवात भएको छ | अर्को तिर साम्रज्यवाद बिरोधिधार जसले आफुलाई समाजवादी देस भन्छन उनीहरुसंग पनि अर्को मोर्चा बन्ने सम्भाबना बढेको छ |तेस्रो बुदामा मुलत आन्तरिक अनि बाह्य छलफल अनि बहस भए| आन्तरिक रुपमा मोर्चा निकट युरोप भरिका समर्थक सुभचिन्तक तथा नेतृत्व लाइबिबिध बिसयमा छलफल गर्दै मुलत एकीकृत जन क्रान्ति को बारेमा प्रस्ट पार्ने काम भयो |जसले यहाँ रहेकाहरुलाइ थप उर्जाका साथ जिम्वेवारी बोध गराएको महसुस भयो |
बाह्य रुपमा पत्रकार भेट घाट,बिबिध भेट घाट तथा अन्तरक्रिया कार्यकर्म सम्पन्न भए |स्पेन मा भएको नेपाली जन प्रगतिशील मंच को कार्यक्रम मा क . कन्चन सहभागी हुनु भयो | जसले त्यहाका स्थानीय नेपालि समुदाय द्वारा दुतावासको अभावको समस्या राख्ने देखि बैचारिक बुझाइमा एक रुपता हुने काम भयो |यता बेल्जियम मा क . प्रकाण्ड को प्रमुख आतिथ्यमा “नेपालको बर्तमान राजनैतिक अवस्था तथा प्रवासी नेपालीहरु को भूमिका “सिर्शक मा एपाली जन प्रगतिशील मोर्चा बेल्जियम को आयोजनामा भएको अन्तरक्रिया कार्यक्रम भब्य रुप मा सम्पन्न भयो |बेल्जियममा लामोसमय देखि राजनैतिक कार्यक्रम मा भएको न्यून उपस्थितिलाई मोर्चाले क्रम भंग गरिदिएको छ |हलमा संख्यात्मक मात्र नभई उल्लेख्य रुपमा प्रतिनिधिमुलक गुणात्मक उपस्थिति रहेको थियो|यसको मुख्य दुइ कारण थिए|एक मोर्चाको संगठनात्मक टिम स्पिड को कारण अर्को नेकपा माओवादीको भावी नीति र कार्यक्रम प्रति आमजन समुदायको कौतुहलता |यसको साथसाथै नेपाल अहिले गम्भीर रास्ट्रिय संकटमा परेको छ |यो संकटबाट मुक्तिदिलाउन रास्ट्रीय स्वाधिनताको एजेन्डा यो पार्टीले बनाएको ले त्यही एजेण्डाको समर्थन र एक्यवद्दता जाहेर गर्न पनि हलमा उपस्थिति बाक्लो रहेको थियो| बेल्जियम स्थित नेपाली बैचारिक तथा अन्य संघ संस्थाले प्रतिनिधिमुलक रुपमा राखेको र अन्तरक्रिया कार्यक्रम मा उठेका जिज्ञासाले पनि यो कुराको पुस्ठीगर्दछ |कार्यक्रमको मध्य बिन्दुतिर प्रमुख बक्ता को रुपमा नेकपा माओवादीका स्थायी समिति सदस्य तथा पार्टी प्रबक्ता क. खड्ग बहादुर बि क (.प्रकाण्ड)ले आफ्नो विचार राख्नु भयो |प्रतिकुल स्वास्थ्यका बावजुद सालिन अनि सरल सैलिमा हिजो जनयुद्ध गर्दाको अवस्था ,१२ बुदे को अवधारणा ,त्यसमा दलाल ,आत्मसमर्पण वादी नेता ले दिएको धोका तथा संसद्वादी दल ले १२ बुदेको मर्म बिपरित गरेको काम ,अनि भाबी राजनैतिक मार्ग चित्र ब्याख्य गर्नु भयो |पटक पटक फुट बाट आजित भएका र फुट को राजनीति गर्ने भनेर भन्ने लाइ सम्झाउदै भन्नु भयो ” नेपालमा माओवादी पार्टी हिजो फुटेर ५ चिरा भए पनि हाम्रो फुट पछि अब यो फुट को प्रक्रिया को अन्त भएको छ |अब क्रान्तिकारिहरु हामीतिर र अवसरवादीहरु अर्को तिर हुन्छन |अहिले पनि हाम्रो माग १२ बुदेलाई इमान्दार रुपमा लागुगर भन्ने हो |बलिदान यथास्थितिको लागि भएको होइन |परिवर्तन को लागि हो |जनता परिवर्तन चाहन्छन ,|मुक्ति चाहन्छन |यसको नेतृत्व हामि गर्न तयार छौं |हामि बलिदान हुन् तयार छौँ तर समर्पण गर्दनौं |यो एकीकृत जन क्रान्तिको कार्यदिशा ले सम्भव छ |सान्तिपूर्ण कि बल प्रयोग भन्ने कुरा राज्य सत्ता मा भर पर्छ |राज्य बाट बल प्रयोग भए जनता सोहि अनुसार ससक्त प्रतिकार गर्ने छन |
एकीकृत जन क्रान्तिको कार्यदिशा लिएर देस र जनताको मुक्तिको लागि लागेको पार्टी ,अनि यसका नेतृत्व ले क्रमिक रुपमा सान्ति प्रक्रिया पछि को बैचारिक भ्रम अनि निरास लाइ चिर्दै अगाडी बढेको देखिन्छ |अहिलेको यो भ्रमण ले यहा बसेका नेपाली हरु ,पार्टी र क्रान्ति प्रति लाम बद्ध भै हाल्छन भन्ने होइन |बर्ग संघर्षमा प्रत्यक्ष नखारीइकन कसरि क्रान्तिकारिता मा निख्खरता आउला र ?फेरी पनि क्रान्तिकारीहरु लाई माया गर्ने अदम्य साहस र बिस्वास को कोशेढुङ्गो पैदा गरेको छ |त्यसैले अवको आवस्यकता क्रान्तिकारीहरु बीच फुट होइन ,ध्रुविकरण हो |जसले लाखौं लाख अधुरा सपनाहरु पुरा गर्ने छ|

(लेखक नेपालि जन प्रगतिशील मोर्चा बेल्जियमका अधक्ष्य  हुनुहुन्छ )