कानुन पढाउने कलेजमा कानुनकै उल्लंङ्घन : पिडित विद्यार्थी मानसिक तनावमा

1.3K

कानुन पढाउने कलेजमा कानुनकै उल्लंङ्घन : पिडित विद्यार्थी मानसिक तनावमा

कानुन पढाउने कलेजमा कानुनकै उल्लंङ्घन भयाे भन्दा पत्यार नलाग्न सक्छ । तर बुटवलकाे एक कानुन पढाउने कलेजमा कानुनकै उल्लंङ्घन भएकाे पाईएकाे छ ।
बुटवलकाे नयाँगाउँमा रहेकाे लुम्बिनी बाैद्ध विश्वविद्यालयकाे सिटि क्याम्पस (स्कुल अफ ल) मा छात्रामाथि ह्यारेस्मेन्ट गरेका क्याम्पस प्रमुखलाई कारवाहीकाे साटाे जाेगाउने गरि विश्वविद्यालयले व्यवस्थापन गरेकाे हाे ।
साेही क्याम्पसमा अध्ययन गर्ने एक छात्रालाई क्याम्पस प्रमुख (निर्देशक) प्रकाशमणी शर्माले रातकाे समयमा दाेहाेराे अर्थ लाग्नेगरी म्यासेज गर्ने, याैनजन्य अर्थ लाग्नेगरी म्यासेज पठाउने लगायतका गतिविधि गर्ने गरेपछि ती छात्राले कारवाहीकाे माग गरि उजुरी गरेकी थिईन ।
उपकुलपति र रजिष्टारलाई समेत बाेदार्थ दिएर डिनलाई उजुरी गरेपनि छानविन र कारवाही साटाे विश्वविद्यालयले नै ती क्याम्पस प्रमुखलाई उन्मुक्ति दिएकाे हाे ।
आफूमाथि भएकाे हर्कतकाे जानकारी सहित कारवाही गर्न माग गरेपनि विश्वविद्यालयले भने कारवाहीकाे साटाे ती क्याम्पस प्रमुखलाई घुमाउराे बटाेबाट चाेख्याउन खाेजेकाे छ । अन्यायमा परेर न्याय माग्न जाँदा विश्वविल्यालयकाे उक्त कृयाकलापले न्याय पाउनुकाे साटाे मानसिक रुपमा तनाव थपिएकाे ती विद्यार्थीले बताईन ।
याे घटना गत कात्तिक महिनाकाे हाे ।  गत कात्तिक १४ गते ती छात्राले आफूमाथि भएकाे घटनाकाे जानकारी सहित कारवाहीकाे माग गरेर विश्वविद्यालयमा निवेदन दिएकाेमा छानविन गरि कारवाहीकाे दायरामा ल्याउनुकाे साटाे तत्कालै विश्वविद्यालयमा सरुवा गराएर त्यसैदिन राजिनामा गराएर उन्मुक्तिकाे बाटाे राेजेकाे हाे ।