रसुवा बाढीमा परी मृत्यु भएका ३८९ जनाको शव फेला परेको छ । नेपाल प्रहरीले बिहीबार राति ९ बजेसम्म देशका विभिन्न जिल्लाबाट ३८९ शव फेला परेको जनाएको छ ।
प्रहरीका अनुसार रसुवाुमा १७, नुवाकोटमा २८, धादिङमा ३३, चितवनमा १३७, गोरखामा ३२, तनहुँमा २८, पूर्वी नवलपरासीमा ८७ र पश्चिम नवलपरासीमा २७ शव फेला परेका छन् ।
यस्तै, बाढी तथा विपद्मा परी घाइते भएका ४६६ जनाको उद्धार गरिएको र उद्धार तथा खोजी कार्य अझै जारी रहेको प्रहरीले जनाएको छ ।