जनजाति महिला २ सिटका लागि उम्मेदवारी दिने १४ जना सदस्यमा सांसदहरु सिता गुरुङ, सरस्वती बजिमय, उषा गुरुङ, विन्दादेवि आले राना, रत्न शेरचनदेखि विद्याथी राजनीतिबाट पार्टीमा लागेका जीवन डंगोल, कृष्णा अमात्य लगायत रहेका छन्।
मधेसी कोटामा प्रतिस्पर्धा चर्को
मधेसी आरक्षण तर्फको ५ सिटमध्ये तीन पुरुष र २ महिला सदस्य निर्वाचित गर्नु पर्ने छ।त्यसमा पनि तीन पुरुष सदस्यका लागि यसअघि पनि केन्द्रीय सदस्य रहिसकेका नेता एवं् सांसदहरु महेन्द्र यादव, रामचन्द्र तिवारी, अजय चौरसियादेखि नेवि संघ अध्यक्ष रञ्जित कर्ण, रामकृष्ण यादव, बादशाह कुर्मी, सकलदेव सुतिहार, सिताराम महतो लगायत १८ जना प्रत्यासी रहेका छन्।
त्यसैगरी दुई मधेसी महिला सिटका लागि सांसद पार्वती डि सी चौधरी, मुक्ताकुमारी यादव, मिनाक्षी झा, किरण यादव, मन्जुकुमारी यादव, भोटनीदेवी खवास, अन्जुसिंह चौधरी, गिताकुमारी यादव, मोहम्मदी सिद्धिकी र गोमा पराजुली अन्सारी रहेका छन्।
दलित आरक्षणमा स्थापीत नेताकै बाहुल्यता?
पार्टीको दलित ५ सदस्यमध्ये तीन पुरुष र २ महिला सदस्यका लागि निर्वाचन हुँदैछ। जसमा पुरुष तर्फ पार्टीका पुराना नेता एव्ं सांसद मानबहादुर विश्वकर्मा, दलित संघका अध्यक्ष मीनबहादुर विश्वकर्मा, खड्गबहादुर बस्याल, जीवन परियार, कृष्णसिंह परियार, शम्भु हजारा दुसाद, विद्यार्थी नेता प्रकाश स्नेही लगायत २१ जनाको मनोनयन परेको छ।
दलित महिला सदस्यमा २ सिटका लागि निर्वमान सदस्य एवं् सांसद सुजाता परियार, कविता सरदार बातर, विष्णुमाया परियार, लक्ष्मी परियार, विमला नेपाली र रुपा विक गरी ६ जनाको उम्मेदवारी परेको छ।
मुस्लिम आरक्षमा १ सिटका लागि १० प्रत्यासी
मुस्लिम आरक्षण तर्फ एक पदका लागि पार्टी नेता फरमुल्लाह मन्सुर, मों. आफताव आलम, सांसद अतहर कमाल मुसलमान, मोख्तार अहमद, अहमद मिया हुसेन, शेख रसिद अलि, खलील मिया, अरुण मानव र अब्दुल कलाम गरी १० जनाको उम्मेदवारी परेको छ।
सात प्रदेशका १४ पदमा १ सय २ जनाको मनोनयन
नयाँ संविधानको व्यवस्था अनुसार सात प्रदेशमा प्रति प्रदेश दुइ जनाका दरले निर्वाचित हुने १४ सदस्यका लागि १ सय २ जनाको उम्मेदवारी परेको छ।
सात प्रदेशमध्ये सबै भन्दा बढी उम्मेदवारी प्रदेश नम्बर ३ मा परेको छ भने सबै भन्दा कम प्रदेश नम्बर २ मा रहेका छन्। निर्वाचन समितिका अनुसार, ३ नम्बर प्रदेशमा २५ जनाको उम्मेदवारी परेको छ भने २ नम्बरमा जम्मा ६ जना उम्मेदवारले मात्रै उम्मेदवारी दिएका छन्।
प्रदेश नम्बर १ बाट निर्वाचित हुने २ सदस्य पदका लागि निर्वतमान सदस्य एवं् सांसद भीष्मराज आङदम्बे, सांसद अमृत अर्याल, शिवबहादुर बस्नेत, विद्यार्थी नेता गुरुराज घिमिरे, महेश थपलिया सहित १८ जनाको उम्मेदवारी परेको छ।
त्यसैगरी प्रदेश नम्बर २ बाट निर्वाचित हुने २ पदका लागि आनन्दप्रसाद ढुंगाना, रमेश रिजाल, राजेन्द्रबहादुर अमात्य, रामकुमार चौधरी, हरेश महतो र तेजुलाल चौधरी उम्मेदवारी परेको छ।
प्रदेश नम्बर ३ को दुई पदका लागि नविन्द्रराज जोशी, हरिबोल भट्टराई, सांसद ध्यानगोविन्द रञ्जित, मोहन बराल, शेषनाथ अधिकारी, राजाराम कार्की, लोकेश ढकाल, रामकृष्ण चित्रकार, विनोद कायस्थ, रामनाथ अधिकारी, ध्रुव अधिकारी, शिव हुमागाइ, तारा कोइराला राजेन्द्र कुमार केसी लगायत २५ जनाको उम्मेदवारी परेको छ।
प्रदेश नम्बर ४ मा अर्जुन जोशी, कृष्णचन्द्र नेपाली, सुरेन्द्रराज पाण्डे, विद्यार्थी नेता गोविन्द भट्टराई, देवराज चालिसे, गुरु घिमिरे, रोमी गौचन थकाली, रघुनाथ पौडेल, महेन्द्रध्वज जिसी, विष्णुप्रसाद धिताल सहित १२ जना प्रत्यासीले मनोनयन दर्ता गरेका छन्।
प्रदेश नम्बर ५ बाट दिपक गिरी, भरतकुमार शाह, कृष्णकिशोर घिमिरे, राजन पन्त, रेवतीरमण भूसाल, राजु खनाल, हरिप्रसाद नेपाल, देवेन्द्रराज कँडेल, विद्यार्थी नेता मनोजमणी आचार्यसहित १६ जनाको उम्मेदवारी परेको छ।
प्रदेश नम्बर ६ मा जीवनबहादुर शाही, दिनबन्धु श्रेष्ठ, सांसदहरु हृदयराम थानी, राजीवविक्रम शाह, गोपालजी जंग शाह, विद्यार्थी नेता ऋषिकेषजंग शाह, भूपेन्द्रजंग शाही लगायत ११ जना प्रत्यासी रहेका छन्।
सुदुरपश्चिमको सात नम्बर प्रदेशबाट निर्वाचित हुने दुइ सदस्यका लागि पार्टीका निर्वतमान प्रवक्ता दिलेन्द्रप्रासद बडु, चर्चित नेता वीरबहादुर बलायर, भक्तबहादुर बलायर, अर्जुनजंगबहादुर सिंह, नैनसिंह महर, नन्दकृष्ण जोशी, बहादुरसिंह थापा, भरतबहादुर खड्का लगायत १४ जनाको उम्मेदवारी परेको छ।
निर्वाचन समितिका अनुसार, कुनै उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिन चाहेमा शनिबार बिहान ९ बजेदेखि ११ बजेभित्रमा फिर्ता लिन सक्नेछन्।
त्यसपछि समितिले अन्तिम नामावली प्रकासित गरी मतपत्र तयार पारेपछि आइतबार बिहानदेखि अपरान्ह ४ बजेसम्म राष्ट्रिय सभागृहमा मतदान कार्य हुने निर्वाचन समिति संयोजक राधेश्याम अधिकारीले बताए।
अधिकारीका अनुसार, आइतबार मतदान सम्पन्न भएलगत्तै सभापति पदका लागि मतगणना सभागृहमा नै हुने छ। यदि कुनै उम्मेदवारले खसेको कुल मतको स्पष्ट बहुमत अर्थात ५० प्रतिशत भन्दा ज्यादा मत प्राप्त नगरेमा तीन जनामध्ये पहिलो र दोस्रो उम्मेदवारबीच सोमबार पार्टी मुख्यालय सानेपामा निर्वाचन हुने छ।