रुपन्देहीमा परीक्षा हाप्ने बिद्यार्थी बढ्दै

698

रुपन्देहीमा परीक्षा हाप्ने बिद्यार्थी बढ्दै

logoबुटवल । विद्यार्थीका लागि फलामे ढोका मानिएको प्रवेशिका (एसएलसी) परीक्षा हाप्ने विद्यार्थीको संख्या रुपन्देहीमा क्रमीक रुपमा वढ्दै गएको छ । यहि चैतको १८ गतेदेखि शुरु भएको परीक्षामा मंगलवारसम्म एकसय ७६ जनाले परीक्षा हापेको जिल्ला शिक्षा कार्यालय रुपन्देहीका सहायक शिक्षा अधिकारी एवं परीक्षा फाँट प्रमुख घनश्याम भुसालले जानकारी दिनुभयो । जसमध्ये एक्जाम्टेड एवं खुला विद्यालयका १ सय २१ जना र नियमितका ५५ जना विद्यार्थीले परीक्षा हापेका छन् ।
पहिलो दिन अंग्रेजी विषयमा १ सय ४९ विद्यार्थी परीक्षामा अनुपस्थित थिए । परीक्षाको पाँचौ दिनसम्म आईपुग्दा यो संख्या बढेर १ सय ७६ पुगेको हो ।
पहिलो दिनको परीक्षा छुटाएका पनि कतिपय बिद्यार्थी दोस्रो दिन परीक्षा दिन आएका थिए । तर सुरुदेखि आएका बिद्यार्थी पनि परिक्षा दिन छाडेको रुपन्देहीका जिल्ला शिक्षा अधिकारी टेकबहादुर थापाले जानकारी दिनुभयो । ‘परीक्षा केन्द्रका केन्द्राध्यक्षले रिपोर्टिङ् गरे अनुसार परीक्षा बिग्रेका बिद्यार्थी परीक्षामा नियमित नआएका हुन ।’ जिल्ला शिक्षा अधिकारी थापाले भन्नुभयो । यसवर्षदेखि प्रवेशिका परीक्षाको नतिजा अक्षराङ्कन पद्धतीबाट निकाल्ने तयारी भईरहेको छ ।
जिल्लाबाट सुस्त मनस्थीतीका ११ जना, अपाङगता भएका ४ जना, संस्कृत विद्यालयका ४ जना, एकजना कारागार वन्दी र प्राविधिक विशेष शिक्षामा ईन्जीनियर, कृषि कम्पुटर विषयका १७० जना एसएलसी परीक्षामा समिलित भएको जिल्ला शिक्षा कार्यालय रुपन्देहीले जनाएको छ । जिल्ला भरी सञ्चालन भएका ५२ वटैं परीक्षा केन्द्रमा कडाईका साथ परीक्षा मर्यादितढंगले सञ्चालन भएको अनुगमन समितीले जनाएको छ ।
रुपन्देही जिल्लाबाट यसवर्ष २ सय ८३ विद्यालयमा अध्ययनरत नियमित, एक्जाम्टेड गरी १४ हजार ५ सय ९८ जना परीक्षार्थी परीक्षामा समिलित हुने अवसर पाएका थिए । जसमा नियमित तर्फ १२ हजार ४ सय ८९ र एक्जामटेड तर्फ २ हजार एकसय ९ जना हुन । परीक्षा फाराम भरेका मध्ये विद्यालयमा ७५ प्रतिसत दिन हाजिरी नभएका कारण २ सय ९९ जना बिद्यार्थी सहभागि हुन पाएनन् ।