नयाँ वर्ष(नवरात्र) र व्रतको महत्व-ध्रुवशरण ढुंगाना

नयाँ वर्ष(नवरात्र) र व्रतको महत्व-ध्रुवशरण ढुंगाना

dhurba sharan dhunganaहाम्रो बैदिक सनातन धर्ममा शक्तिप्राप्तिको लागि आदि शक्तिको आराधना गर्ने परम्परा परापूर्व कालबाट रहेकोछ । नवरात्र चैत्र शुक्ल प्रतिपदा देखि रामनवमी पर्यन्त नौ देवीको शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कूष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी, सिद्धिदात्रीरुपको पूजागर्ने गरिन्छ । “नवानां रात्रीणां समाहारः नवरात्रम्” नौ रात्रिहरुको मिश्रण नवरात्र हो । नवरात्र विशेष चार हुन्छन् । चैत्र, आश्विन, आषाढ, माघ । आषाढ र माघको नवरात्रलाई गुप्त नवरात्र भनिन्छ । यी नवरात्र मध्ये विशेष गरेर चैत्र र आश्विनलाई मात्रै मनाउने गरिन्छ । यदि नौ दिन व्रतगर्न असमर्थ भए देवी भावतमा त्यसको लागि सप्तमी, अष्टमी, नवमी व्रतको उल्लेख गरिएको छ । तीन दिनको व्रतले पनि सम्पूर्ण व्रतफल प्राप्त गर्न सकिन्छ । परमाणुदेखि विराट सम्मलाई पैदा गर्ने मातृ शक्तिको पूजा हो नवरात्र । जाहाँ नारीको पूजा गरिन्छ, त्यहाँ देवताको वास हुन्छ ।
“यत्रनार्य स्तुपुज्यन्ते रमन्ते तत्र देवता”
दुर्गापूजानै नारी शक्तिको पूजा हो । जुन शक्तिविना राम, कृष्ण, विष्णु आदि देवता पनि शक्ति विहिन हुन जान्छन् । शक्ति शब्दको ब्याख्या देवीभागवत लेखिएकोछ ‘श’ अर्थात् मंगल वाचक भएकोले ‘ऐश्वर्य’ वाचक हो ‘क्ति’ शब्दको अर्थ ‘पराक्रम’ सम्पूर्ण ब्रह्माण्डलाई ‘ऐश्वर्य’ र ‘पराक्रम’ प्रदान गर्ने भएकै कारण शक्ति भनियो । हामी शक्तिविना केही पनि गर्न सक्दैनौं । अर्थात् लास हुन्छौं । ‘स्कन्धपुराण’मा शिवलाई शक्तिविना शव मनिएको छ, शक्तिको इकार ()ि लाइ शिव सब्दमा नजोड्दा शव हुन आउँछ । देवाधिदेव शिवसमेत शक्तिविना निष्क्रिय हुन्छन् भने अन्य प्राणीको शक्तिविना जीवन्तताको कल्पना गर्नु नै व्यर्थ छ । शक्तिको पूजा र उपासनाबाट माया मोहलाई परास्त गर्न सक्ने वरदान प्राप्ति हुन्छ । सोही कारण बर्ष आरम्भ भन्दा पहिले देवी शक्तिको उपाशना गर्न थालियो ।
यदि पूर्वआचार्य हरुले विचारपूर्वक व्रत, पर्व, उत्सव, दशै, तिहार आदि मंगलोत्सव नबनाएको भए मनुष्य जिवन नै सम्भवत नीरस हुन जान्थ्यो होला ! व्रत पर्वले मनुष्य जिवनमा सरसताको संचार गराउने, हर्षाेल्लासको वृद्धि, आपसि भाईचारा, सम्पूर्ण ब्यक्तिलाई एकताको सूत्रमा बाँधिने सन्देश दियको हुन्छ । व्रतले मनुष्यलाई दीक्षित गरेको गरेको हुन्छ । दीक्षाबाट नै दक्षता, निपुणता, श्रद्धाभावको प्रप्ति हुने र श्रद्धावाटनै सत्यको बाटोमा अग्रसित हुने प्रेणा मिल्नेगर्दछ ।
व्रतेन दीक्षामाप्नोति दीक्षायाऽऽप्नोति दक्षिणाम् ।
दक्षिण श्रद्धामाप्नोति श्रद्धया सत्यमाप्यते ।।
श्रद्धान्वित व्रतको प्रभावले आत्माको शुद्धि, ज्ञानतन्तुको विकाश, संकल्प शक्तिको बृद्धि, मन, मस्तिष्कमा इष्ट तथा आराध्य प्रति तल्लीनताको संचार हुन्छ । व्रतको नियम दश प्रकारको कहियको छ
“सर्वव्रतेष्यंधर्मः सामान्यो दशधा स्मृतः”
क्षमाशील, सत्यव्रत, दयाधर्म गर्नु, कुसंगतबाट वच्नु, विकार रहित, नित्यनियमको पालना गर्नु, इन्द्रियलाई वशमा राख्नु, हवनादि कर्म गर्नु, दुराचारबाट बच्नु, कुकृत्य वार्ता नगर्नु यी दश व्रतका नियम हुन् ।
क्षमा सत्य दया दानं शौचमिन्द्रियनिग्रहः ।
देवपूजाऽग्निहवनं सन्तोषोऽस्तेयमेव च ।।
व्रतलाई नित्य, नैमित्तिक र काम्य गरि तीन भागमा बाँडियको छ । नित्यकर्म भनेको विहान उठेदेखि साँझ सुत्ने वेलासम्म गरिने कार्य हो नगरे पाप लाग्छ भने गर्नाले पुण्य पनि मिल्दैन जस्तै— सन्ध्या बन्दन, नित्यपाठ, देवपूजा आदि नैमित्तिक व्रत नगर्नाले दोष लाग्ने र गरे पुण्य पाइन्छ जस्तै—सूर्य –चन्द्रग्रहण दान, स्नान, यज्ञादि काम्य व्रत भनेको गरेपछि फल मिल्छ नगरे पाप र दोश भने लग्दैन जस्तै— ग्रहशन्ति, ग्रहव्रतादि । अन्य व्रत भन्दा नवरात्र व्रतको महिमा अधिक रहेको देवीभागवतले स्पस्ट पारेको छ ।
नयाँ वर्षलाई स्वागत गर्ने भएकाले नवरात्र भनिएको हो । नवरात्रको व्रतले मनमा भएका बिकारलाई फ्याक्दै नयाँ सोँच र शक्ति प्राप्त गराउने हुन्छ । नयाँ वर्षको आरम्भमा बिशेष गरेर नवदुर्गा भगवतीको आरधना गर्ने परम्परा परापूर्व कालदेखि चल्दै आएको छ । अब आउने नयाँ वर्ष देवीको कृपाले कुनै पनि अमङ्गल, अशान्ति लगायतका नराम्रा घटना नघटोस भन्नकोलागि नै हाम्रा ऋषिमुनी (हाम्रा पुर्वजहरु)ले देवी भगवतीको मुर्तिस्थापना गरि पुजा गर्ने संस्कारको बिकास गरे । नयाँ वर्ष सुख, शान्ति, समृद्धि होस भन्नकालागि पनि नवरात्रको व्रत गर्ने गरिन्छ । नवमीको दिनलाई रामको जन्म भएको दिनको रुपमा पनि मनाउने गरिन्छ । र नवरात्रलाई बत्सरारम्भ पनि भनिन्छ ।

Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •