बुटवल, बैशाख । इन्टलेक्च्यूअल एकेडेमी स्कुल बुटवल(१३, कालिकानगर मझुवामा अमेरिकन नागरिक माइकल कोचली र विद्यार्थीबीच अन्तरक्रिया भएको छ ।
आईतबार बिद्यालयमा एक कार्यक्रमकाबीच भएको अन्तरक्रियामा कोचलीले अमेरिकन स‘स्कृतिको वारेमा जानकारी गराउदै नेपाल बसाइका क्रममा भुकम्प प्रभावित क्षेत्रमा पाएका आºना अनुभवहरु बताउनु भएको थियो । अमेरिकन सेनाको जागीर छोडी चिकित्सकको अध्ययन रोजेका कोचली भुकम्प पिडितको सहयोगका लागी नेपाल आउनु भएको थियो ।
शैक्षिक सत्र २०७३ को शुभारम्भको पहिलो दिनमा आयोजित अन्तरक्रियामा बिद्यालयका संस्थापक अध्यक्ष डा.कृष्ण खरेल, प्रबन्ध निर्देशक रामराज पोख्रेल, प्रिन्सीपल धु्रवराज पन्थीलगाएतले सहजिकरण गर्नुभएको थियो ।