ट्रेड युनियनको निर्वाचनबाट सरकार भाग्दै, रुपन्देहीमा गंभिर ध्यानाकर्षण

608

ट्रेड युनियनको निर्वाचनबाट सरकार भाग्दै, रुपन्देहीमा गंभिर ध्यानाकर्षण

12998651_1059439300761356_7507036749438736777_n
बुटवल, बैशाक । तोकिएकै मितिमा आधिकारिक ट्रेड युनियनको निर्बाचन नभएको भन्दै नेपाल निजामती कर्मचारी युनियन संघ रुपन्देहीले प्रधानमन्त्रीको ध्यानाकषर्ण गराएको छ । जिल्ला प्रशासन कार्यालय रुपन्देही मार्फत नेपाल निजामती कर्मचारी युनियन संघ रुपन्देहीले आज प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएको हो । पटकपटक निर्बाचनको मिति तोक्ने र सार्ने जस्ता कार्यले कर्मचारीहरुको मनोबल घटाउने कार्य भएको तथा सेवा प्रवाहमा समेत गंभिर असर पुगेको भन्दै युनियन संघ रुपन्देहीले आपत्ती जनाएको छ । नेपाल निजामती कर्मचारी युनियन संघका अध्यक्ष मोहन नेपालको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा पुगेको टोलीले साहायक प्रम्ुख जिल्ला अधिकारी मेनका न्यौपानेलाई ज्ञापन बुझाएको हो ।

13043657_1059439384094681_942241146059231586_n
देशभरकिा कर्मचारीहरु वैशाक १० गतेको निर्वाचनका लागि तयारी अवस्थामा रहेको र आर्थिक रकम समेत खर्च भै सबै तयारी पुरा भएको अवस्थामा केहि निहित स्वार्थका कारण स्थगित भएकोमा गंभिर ध्यानाकषर्ण भएको ज्ञापन पत्रमा उल्लेख गरिएको कर्मचारी युनियन संघका नेता शिव पंगेनीले बताउनु भयो ।
ज्ञापन पत्र बुझ्दै सायाक प्रमुख जिल्ला अधिकारी न्यौपानेले आफुले तत्काल सम्बन्धीत निकायमा ज्ञापन पत्र पुर्याउने भन्दै कर्मचारीहरुको जायज मागकोृ सुनुवाई हुुनु पर्ने बताउन्ु भयो ।
मन्त्री परिषदको र्वैठकले यस अघि बैशाक १० गतेका लागि तय भएको निर्वाचन जेठ १७ गतेका लासिग तय गरेको छ । यस अघि पनि चैत्रमा हुने निर्वाचन बैशाकका लागि स्थगित गरिएको थियो ।