उखरमाउलो गर्मीमा बढ्दो चिसो पेयपदार्थ- डा. प्रकाश बुढाथोकी

1.3K

उखरमाउलो गर्मीमा बढ्दो चिसो पेयपदार्थ- डा. प्रकाश बुढाथोकी

 DR.-Prakash-budhathokiबढ्दो गर्मीसंगै म¬ल¬कभर सन क्रिम,छाता,सुतीका कपडा, चिसो पेयपदार्थ, नग्लास र चश्माको खपत पनि ह्वात्तै बढेको छ । रुपन्देही, बा“के, बर्दिया लगायतका तराई तथा भित्री मधेशका जिल्लामा गर्मी बढ्दा र तातो हावा लु चल्दा रिक्सा चालक, मजदुर, बिद्यार्थी, कामकाजी सरकारी कार्यालयमा आउने सेवाग्राही बढी मारमा परेका छन । अन्नवाली स्याहार्न तराई झरेका पनि पहाड उक्लेका छन । नुहाउने, चिसो पेय पदार्थ, खरबुजा, तरबुजा, फलफुलका जुसको बिक्री बढेको छ । सडक सुनसान छन, आलस्य र अल्छीले सरकारी काममा ढिलाई भएको छ । जंगली जनावर बाहिर खोला, नदी किनारमा निस्कने गरेका छन । बिद्यालय बिहानी कक्षामा छन त नभएका दिउसो केहि समय सुत्ने र झयालढोका बन्द गरी पढाउन बाध्य छन । अहिले देशका सम्पूर्ण भागमा तापक्रम बढ्ने क्रममा छ । तराईका केहि भाग बिशेषत नेपालगन्ज, भैरहवामा ४३ डिग्री माथीको उर्खमाउलो गर्मी छ । पहाडी क्षेत्रमा पनि गर्मी चर्काे छ । हिट वेभ भनिने अवस्था नेपालमा ब्याप्त छ ।
बढ्दो गर्मीसंगै म¬ल¬कभर चिसो मौसमका त¬लनामा ३० प्रतिशत बढी बिरामी ह¬ने गरेको पाईन्छ । गर्मीयाममा टाईफाईड, झाडापखाला, भाईरल फ्लु, पेटको दुखाई, रुघाखोकी, वान्ता हुने, जण्डिस, हेपाटाईटिस ए, आ“खा सुक्खा हुने, चिलाउने, धागो जस्ता चिरा आउने, एलर्जिक कन्ज∙टाइभाइटिस तथा आ“खाको संक्रमणका विरामीहरु बढदै गएका छन । यसका अतिरिक्त तराईमा सर्पदंश, उच्च ज्वरो, छालाको रोग, बढी पसिना जाद“ा शरीरमा हुने पानी अभावको कारण जल वियोजन, पिसाब र मिर्गोलामा समस्या तथा लु बढ्दै छ । समस्या स्कुले वालवालिकामा बढी देखिने गरेको छ । जार तथा वोतलको पानी सेवन गर्नेमा पनि त्यति कै समस्या छ । गर्मी बढेकोले यस्ता वरामीहरु स्वास्थ्य संस्था, अस्पतालहरुमा प्रशस्तै आऊने गरेका छन ।
गर्मी मौसममा रोगका किटाणुहरु अन्य मौसममा भन्दा बढी सक्रिय हुन्छन् । अझ भनौ यस याममा सरसफाईको कमी, सडेगलेका फलफूल, जथाभावी खाना र पानी जस्ता कुरामा ध्यान नदिंदा रोगहरुले आक्रमण गर्न सक्ने संभावना रहन्छ । बासी, सडेगलेका फोहोर खानेकुरा, फोहोर बानी व्यहोरा र फोहोर पानीको प्रयोग नै यस समयको रोग लाग्ने मुख्य कारण हो । गर्मी महिनामा शरीरबाट धेरै पानी वाष्पीकरण पसिनाबाट नोक्सान हुन्छ । पानीको कमीमा चिल्लो खाद्य पदार्थ खा“दा जण्डीस देखा पर्न सक्छ । गर्मी मौसममा बढी ध¬वाध¬लो र वातावरणमा किराहरु उडने भएकाले आ“खामा पसी आ“खा पाक्ने, पोल्ने र टाउको द¬ख्ने बढी देखिन्छन ।
गर्मी मौसममा हुने सरुवा रोगहरु केही श्वास प्रश्वास र धेरै जसो पाचन प्रणालीस“ग सम्बन्धित हुन्छन् । गर्मी मौसममा धेरैजसो रोगहरु फोहोर खाना र पानीबाट लाग्ने भएकोले पाचन प्रणालीमा असर पु¥याउ“छ । रोगका किटाणु पानीको मुहानमा परे वा संक्रमित पानीद्वारा सर्ने सरुवा रोगमा झाडा पखाला, हैजा, रगतमासी, जुकाहरु, पोलियो, जियारडियासीस, अमिवियासिस, आऊ, टाइफाइड, जण्डीस लगायत २० वटा सरुवा रोगहरु पर्दछन् । हैजा, झाडापखाला, हेपाटाईटिस ए, लिस्टर मोनोसाईटोजीन र फुड बोर्न ट्रेर्माटोडसहरु प्रदुषित खाद्यपदार्थ र पियपदार्थले हुन्छ । धेरै गर्मीले छाला डढाउने, बान्ता हुने, टाउको द¬ख्ने, मांसपेशी पीडा, कमजोरी, बेहोशी र हिट स्ट्रोक ह¬नसक्छ ।
फ्रिजमा खाना राख्दा खानाको गुणस्तर, स्वाद घटनुको साथै भिटामिन, पोषकतत्वमा समेत कमी आउ“छ, हेपाटाइटिस फैलाउने लगायतका विषाणु जीवितै रहन्छन । तसर्थ ताजा खानु नै सवैभन्दा राम्रो हो तर बाध्यता भए पनि कसरी सुरक्षित राख्ने भन्नेमा ध्यान पु¥याउन जरुरी छ । फ्रिजमा खाना राख्ने लगायतका प्रक्रियावारे सही जानकारी अभावमा फ्रिजले फुड प्वाइजनिङ, एलर्जी, पेट सम्बन्धी रोग निम्त्याईरहेको हुन्छ । एफ.डि.ए. अमेरिकाको अनुसार फ्रिजभित्रको तापक्रम ४ डिग्री सेन्टिग्रेड वा ४० डिग्री फरेनहाइट र फ्रिजर भित्रको तापक्रम ० डिग्री फरेनहाईट वा माईनस १८ डिग्री सेन्टिग्रेड स्थिर रहनुपर्दछ । यदि ४० डिग्री फरेनहाईट भन्दा बढी भए लिस्टेरिया ब्याक्टेरिया फ्रिजभित्र बृध्दि हुन्छ । जिवाणुहरु ४० देखि १४० डिग्री फरेनहाईट तापक्रममा गुणात्मकरुपमा बृध्दि हुन्छ । फ्रिजमा भएको तापक्रमले जिवाणुको मृत्यृ नगराई बृध्दि मात्र रोक्ने हो ।
कोल्ड ड्रिंकस्लाई जड्ढ फुड भनिन्छ । यस्ता खानेकुरामा धेरै चिनी र अम्ल हुन्छ तर भिटामिन, खनिज र फाईबर तथा पोषकतत्व हुदैन भन्दा हुन्छ । त्यसैले यस्ता खानेकुरा प्राय उमेर समूहका लागि हानिकारक हुन्छन् । जस्बाट अम्ल, दाँत खिईने, क¬पोषण, मोटोपना, क्यान्सर, म¬ट¬रोग, मधुमेह, दीर्घकालिन स्वासप्रस्वास समस्या र तिनका जटिलताहरु निम्त्याउ“छ । बेलायती खोजकर्ताहरुले खानेबानीमा देखिएको परिवर्तन मंहगो सावित भएको बताएका छन । ४ बर्ष उमेका ४ हजार बढी बालबालिकामा भएको खोजले जंक फ¬डले बालबालिकामा मोटोपना बृद्धि मात्रै गर्देन उनीहरुको मस्तिष्क वा आई क्युको स्तर समेत घटाउ“छ । आई क्युको स्तर १.६७ सम्म कम ह¬न्छ तर यो कमीको भर्पाई गर्न सकिदैन । बेलायतकै अर्काे खोजले जंक फुडको सेवनले मस्तिष्कलाई चिनी, बोसो र नुनको बढी मात्रामा भएको भोजन लिनलाई प्रेरित गर्छ र नशाको अम्मल जस्तै जंक फुडको अम्मलले च्याप्छ । अमेरिकाले डिसेम्बर २०११ देखि फाष्टफ¬ड तथा पोषणय¬क्त नभएका खाद्यपदार्थले खेलौना उपहार दिन नपाउने नियम बनाएको छ । ६०० क्यालोरी भन्दा कम पोषण भएको, न¬न, चिनी र चिल्लो बढी नभएको खानेक¬राहरुले मात्र खेलौना दिन पाउनेछन । कोकाकोला र पेप्सी जस्ता पेयपदार्थमा यस्लाई खैरो बनाउन मिसाईने रंग कारामेलले शरीरमा क्यान्सर निम्त्याउनसक्ने क्यालिफोर्निया युनिभर्सिटी, अमेरिकाले जनाएको छ । उच्च दवाव र तापमानमा एमोनिया, सल्फाईट र चिनीको प्रतिक्रीया गराई बनाईने उकत रगंमा २–एम आई र ४— एम आर २ क्यान्सर बनाउनसक्ने रसायन, जस्ले फोकसो, कलेजो, थाईराईड क्यान्सर बन्ने पत्ता लगाएका थिए । त्यस्तै रामदेवले कोडड्रिङ्कलाई टवाईलेट किल्नर त्यसै भनेका छैनन किनभने उक्त पेय पदार्थहरुमा मिसाईने रसायन साईक्लोमेट अम्ल जस्ले पीत्तको क्यान्सर बनाउ“छ, मिर्गाेलामा पत्थरी पार्छ त्यो चर्फी सफा गर्ने झोलमा पनि पाईन्छ ।बिश्वास लाग्दैन भने खिया हटाउन, ल¬गामा लागेका दाग, ग्रिज हटाउन यस्को प्रयो गरेर हेर्नसक्न¬ह¬न्छ ।
अन्तमा, सबै मौसमी रोगहरुबाट बच्न खानेकुरा राम्रोस“ग सफा गरेर, पानीलाई उमालेर वा फिल्टर गरेर मात्र पुग्दैन, दैनिक प्रयोग गर्ने भा“डाकुडाहरु सफा हुन, खाना खानुभन्दा अघि र पछि हात राम्रोस“ग साबुन पानीले माडेर हात धुन जति जरुरी छ त्यति बजारमा पाईने बिना मापदण्डका खाद्यपदार्थ, पेयपदार्थ जस्ता जंक फ¬डबाट टाढै रहन¬पर्छ । रोग हाम्रो शत्रु हो त्यसैले रोगबाट बच्न हरेक दिन र पटकको सावधानी जरुरी छ ।
(लुम्बिनी अञ्चल अस्पतालका कन्सल्टेण्ट डेण्टल सर्जन डा. बुढाथोकी नेपाल चिकित्सक संघका केन्द्रिय सदस्य हुनुहुन्छ ।)