राष्ट्रपति भण्डारीद्वारा अन्तर्राष्ट्रिय बुद्ध जयन्ती समारोह उद्घाटन, गुरुयोजना जतिसक्दो चाँडो पुरा गर्न अपिल

1.3K

राष्ट्रपति भण्डारीद्वारा अन्तर्राष्ट्रिय बुद्ध जयन्ती समारोह उद्घाटन, गुरुयोजना जतिसक्दो चाँडो पुरा गर्न अपिल

21052016040327Buddha-1000x0लुम्बिनी, जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले २५६० औं बुद्ध जयन्तीका अवसरमा लुम्बिनीमा आयोजित अन्तर्राष्ट्रिय बुद्ध जयन्ती समारोह उद्घाटन गर्दै जतिसक्दो चाँडो गुरुयोजना पुरा गर्न आग्रह गर्नुभएको छ ।
राष्ट्रपति भण्डारीले दीप प्रज्वलन गरि उद्घाटन गरिरहँदा तीन सम्प्रदाय महायान, थेरवाद र वज्रयानका गुरुरुले बौद्ध पाठ गरिएको थियो । ‘लुम्बिनी र आसपाका सबै स्थल पवित्र छन् र बुद्धसँग जोडिएका छन् ।’ कार्यक्रमको उद्घाटन गर्दै उहाँले भन्नुभयो–‘लुम्बिनीसहित रामग्राम, तिलौराकोट संरक्षण र सम्बद्र्धनका लागि सबैको ध्यान जान जरुरी छ ।’
सोही समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले गुरुयोजनालाई चाँडै सकेर लुम्बिनीलाई विकास गर्ने प्रतिवद्धता जनाउनु भयो । उहाँले ५ हजार जना अट्न सक्ने अन्तर्राष्ट्रिय सभाहल एक वर्षभित्र निर्माण सम्पन्न गर्ने घोषणा पनि गर्नुभयो । उहाँले एक वर्षसम्ममा सक्ने गरी काम सुरु गर्ने र एक वर्षमा नभए चाँडै पुरा गर्ने बताउनु भयो ।
‘लुम्बिनी–नेपाल बुद्ध जन्मस्थल र बौद्ध दर्शनको उदगमस्थल’ अन्तराष्ट्रिय बुद्ध जयन्ती समारोहबाट पारित गरिएको छ । समारोहमा ‘ग्लोबल बुद्धिस्ट फोरम’ प्रस्ताव गरिएको छ ।
समारोहमा बोल्दै नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले लुम्बिनी शान्ति क्षेत्रको मुहान भएको उल्लेख गर्दै राजनीतिक दलहरुमा प्रजातान्त्रिक मूल्य मान्यताको विकासको कामना गर्नुभयो । त्यसैगरी नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले अन्तर्राष्ट्रिय सम्मेलनले लुम्बिनीलाई नयाँ उचाईमा पु¥याएको उल्लेख गर्नुभयो ।