प्राध्यापकलाई रिसर्च राईटिङ् तालिम

733

प्राध्यापकलाई रिसर्च राईटिङ् तालिम

copyrightबुटवल,  असार । सिद्धार्थ गौतमबुद्ध क्याम्पसको आयोजनामा जिल्ला भरीका ५० जना प्राध्यापकलाई रिसर्च राईटिङ् सम्बन्धि तालिम प्रदान गरिएको छ । पिएचडी सेन्टर काठमाण्डौको सहयोगमा बुटवलको सिद्धार्थ गौतम बुद्ध क्याम्पसमा एक दिने सेमिनारको आयोजना गरि उक्त तालिम प्रदान गरिएको हो ।
सुक्रबार एक दिन सञ्चालन गरिएको उक्त सेमिनारमा प्राध्यापक डा. हस्त तिमिल्सेना र डाक्टर कुसेन्द्र महले कार्यपत्र प्रस्तुत गर्दै रिसर्च कसरी गर्ने र गरिएको रिसर्चलाई कसरी लिपिवद्ध गर्ने भन्ने विषयमा तालिम प्रदान गर्नुभएको थियो ।
सिद्धार्थ गौतम बुद्ध क्याम्पस बुटवलका क्याम्पस प्रमुख बाबुराम पाण्डेको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन सोही क्याम्पसका रिसर्च हेड ओमप्रकाश अर्याल र स्वागत सहायक क्याम्पस प्रमुख रामनाथ उपाध्यायले गर्नुभएको थियो ।