हर्नैयामा खानेपानी तथा सरसफाई आयोजना शिलान्यास

191

हर्नैयामा खानेपानी तथा सरसफाई आयोजना शिलान्यास

बुटवल, १६ असार । रुपन्देहीको हर्नैयामा हर्नैया खानेपानी तथा सरसफाई आयोजनाको शिलान्यास गरिएको छ । सो आयोजनाको बिहिबार एक कार्यक्रमका बिच नेपाली काँग्रेस रुपन्देहीका सचिव रामकृष्ण खाँण तथा खानेपानी तथा जिल्ला सरसफाई डिभिजन कार्यालय रुपन्देहीका प्रमुख शंकरमणी ज्ञवालीले संयुक्त रुपमा सिलान्यास गर्नुभएको हो ।

सो क्षेत्रका ९ हजार ६ सय २२ परिवारलाई लक्षित गरि ७ करोडको लागत अनुमानमा सो आयोजना शिलान्यास गरिएको हो । शिलान्यास कार्यक्रममा बोल्दै नेपाली काँग्रेस रुपन्देहीका सचिव खाँणले आयोजनाको निर्माण सम्पन्न भएपछि सो क्षेत्रका बासिन्दालाई स्वच्छ पिउने पानी उपलब्ध हुने विश्वास व्यक्त गर्नुभयो । त्यस्तै खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका प्रमुख ज्ञवालीले सो आयोजना सम्पन्न गर्नकालागि स्थानीयको ठूलो सहयोग आवश्यक रहेको उल्लेख गर्नुहुँदै समयमै निर्माण सम्पन्न गर्नकालागि आफूले मन बचन र कर्मले लागि पर्ने प्रतिवद्धता जनाउनु भयो ।

स्थानीय उपभोक्ता समितिका अध्यक्ष बृहस्पति थारुको अध्यक्षतामा भएको सिलान्यास कार्यक्रममा खानेपानी महासंघ रुपन्देहीका अध्यक्ष ध्रुव धिताल, नेपाली काँग्रेस हर्नैयाका सभापति नन्दलाल थारु, मोहमद सफिक लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।