एम्समा वित्त व्यवस्थापन अभिमुखिकरण

325

एम्समा वित्त व्यवस्थापन अभिमुखिकरण

बुटवल, १६ असार । बुटवलमा सञ्चालित एम्स कलेजले त्रिभुवन विश्व विद्यालय अन्तरगत बाणिज्य संकाय स्नातक तह चौंथो वर्षका बिद्यार्थीलाई वित्त व्यबस्थापन सम्बन्धि अभिमुखिकरण गरेको छ ।
आफ्ना बिद्यार्थीलाई लक्षित गरि आयोजना गरिएको दुई दिने अभिमुखिकरण कार्यक्रम आज देखि शुरु गरिएको छ । कलेजका प्रमुख दीपक ढकालको अध्यक्षतामा सुरु भएको सो अभिमुखिकरण कार्यक्रममा पहिलो दिन कार्यक्रममा सहायक क्याम्पस प्रमुख विकाश श्रेष्ठले लगानी, वित्तिय सम्पति, खरिद ीबिक्र, जोखिम, प्रतिफल आदि विषयमा प्रशिक्षण गर्नुभएको थियो भने कैलाश बिकास बैंक बुटवलका प्रवन्धक ज्ञानेन्द्र गिरीले वित्त व्यवस्थापनको महत्व, अवसर चुनौतिका साथै त्यस क्षेत्रमा हुनसक्ने बृत्ति विकास सम्बन्धि प्रशिक्षण गर्नुभएको थियो ।
अभिमुखिक करणको उद्घाटन कार्यक्रममा एम्स एजुकेशन फाउण्डेसनका प्रवन्ध निर्देशक गोपालप्रसाद न्यौपाने, प्रान्सु नेपाल, प्राध्यापक सुरेस भुसालले शुभ कामना मन्तव्य राख्नु भएको थियो । शुक्रबार क्याम्पस प्रमुख दीपक ढकाल, एम्स उच्च माध्यमिक बिद्यालयका प्राचार्य माधवकुमार पौडेल, प्राध्यापक दुर्गा भुषाल, प्रान्सु नेपालले अनुसन्धान पद्धति, उद्यमशिलता, संस्थागत वित्त व्यवस्थापन, प्रतिवेदन लेखन लगायतका विषयमा प्रशिक्षण गर्ने कार्यक्रम तय गरिएको छ ।