पर्खाल भत्किदा दुई विद्यार्थीको मृत्यु

491

पर्खाल भत्किदा दुई विद्यार्थीको मृत्यु

ललितपुर, १७ असार । ललितपुरको टौखेलस्थित पुष्पाञ्जली बोर्डिङ स्कुलनजिकै रहेको पर्खाल भत्किदा दुईजना विद्यार्थीको मृत्यु भएको महानगरीय प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक किसनसिंह थापाले बताउनुभयो ।

आज बिहान १० बजेर ५० मिनेट जाँदा विद्यालयसँगै रहेको पर्खाल भत्किएर कक्षाभित्र अध्ययन गरिरहेका विद्यार्थीलाई थिचेको थियो । घाइते विद्यार्थीलाई पाटन अस्पताल र बि एन्ड बि अस्पतालमा उपचार गराइरहेको उहाँले बताउनुभयो ।

घाईतेमध्ये पाँचजना पाटन अस्पताल र १२ जना विद्यार्थीको बि एन्ड बि अस्पतालमा उपचार भइरहेको जनाइएको छ । अविरल वर्षाले विद्यालयसँगै रहेको जग्गा प्लटिङको पर्खाल बगेर आउने क्रममा विद्यालयको टहरा भत्किएर कक्षामा अध्ययनरत विद्यार्थीलाई थिचेको थियो ।