प्रेस स्वतन्त्रता सेनानी बरिष्ठ पत्रकार भट्टराईको निधन

230

प्रेस स्वतन्त्रता सेनानी  बरिष्ठ पत्रकार  भट्टराईको निधन

बुटवल,१९ असार ।13592846_10208654154423061_1833919219401351399_n

aa

प्रेस स्वतन्त्रता सेनानी तथा बरिष्ठ पत्रकार पण्डित बाबुराम भट्टराईको ६६ बर्षको उमेरमा आज विहान निधन भएको छ । बुटवलमा लामो समयदेखि सक्रिय पत्रकारिता गर्नुभएका भट्टराईलाई गएराती हृदयघातका कारण निधन भएको पारिवारिक श्रोतले जनाएको छ ।

अघिल्लो दिनसम्म लेखनकार्यमै पत्रकार पण्डित सक्रिय हुनुहुन्थ्यो । २००७ साल असार १५ गते अर्घाखाचीको खिदिमा जन्मनुभएका पण्डित हालभने बुटवल १४ तामनगरमा आफ्नै निबासमा बस्दै आउनुभएको थियो । उहाँका दुई छोरा र दुई छोरी र श्रीमती हुनुहुन्छ । पण्डित भट्टराईले बुटवलमा दैनिक लुम्बिनी , जनसंघर्षमा सम्पादक ,नया सत्ता र सैनामैना दैनिकको प्रधान सम्पादक भई काम गर्नुभएको थियो । बुद्ध दर्शनमा बिशेष रुची राख्ने बाबुरामले  १ दर्जन पुस्तक प्रकाशन गरिसकेका छन् जसमा अनुदित संग्रह बढी छन् ।

पत्रकार भट्टराईको निधनले सञ्चारक्षेत्र शोकमा डुबेको छ । नेपाल पत्रकार महासंघ रुपन्देही तथा पत्रकार सम्बद्ध संघसंस्थाले उहाको निधनप्रती दुःख व्यक्त गरेको छ ।