माओवादी केन्द्रले महाधिवेशन तोक्यो, बैठकका निर्णय

757

माओवादी केन्द्रले महाधिवेशन  तोक्यो, बैठकका निर्णय

maobadi-kendra-new-FNL.jpgकाठमाडौं ।  नेकपा (माओवादी केन्द्र)ले आगामी पुस २३ देखि २८ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको छ ।पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पोलिटब्युरोको बैठकले पुसमा पार्टीको आठौँ महाधिवेशन गर्ने प्रस्ताव गरेको हो । एकीकृत नेकपा(माओवादी), नेकपा(क्रान्तिकारी माओवादी), नेकपा(माओवादी), क्रान्तिकारी कम्युनिस्ट पार्टीलगायत विभिन्न दश वटा माओवादी घटक तथा समूहको एकतापछि गठन भएको माओवादी केन्द्रले महाधिवेशनको मिति तय गरेको हो ।माओवादी केन्द्रका नेता दीनानाथ शर्माकाअनुसार भदौ महिनाभरमा सबै गाउँ सम्मेलन सम्पन्न गर्ने गरी कार्यतालिका तय गरिएको छ । शर्माका अनुसार असोज महिनाभरी नगर तथा जिल्ला सम्मेलन सम्पन्न गरिनेछ भने मङ्सिर महिनाभरमा सबै प्रदेश सम्मेलन सम्पन्न गर्ने गरी प्रस्ताव गरिएको हो ।राष्ट्रिय सहमतिको सरकारको विषयमा धारणा राख्दै आएको केन्द्रको पोलिटब्युरोको बैठकले कुनै पनि ठोस निर्णय भने गरेको छैन । सो सम्बन्धमा आवश्यक निर्णय लिन पार्टीको केन्द्रीय कार्यालयलाई जिम्मा दिइएको छ । बैठकमा नेता वर्षमान पुनले प्रस्तुत गरेको सङ्गठनात्मक प्रतिवेदनलाई आवश्यक सुझावसहित पारित गरिएको नेता शर्माले जानकारी दिए ।

बैठकका निर्णय 

  1. १. संगठन र निर्वाचन प्रणालीबारे कार्यदलले दिएको कार्यविधिको छलफलमा आएका सुझावलाई केन्द्रीय कार्यालयले परिर्माजन गर्ने र आगामी भदौ २ गते बस्ने केन्द्रीय आयोजक समितिको बैठकले पारित गरी कार्यान्वयनमा जाने ।
२. केन्द्रीय कार्यालयले पहिला नै प्रस्ताव गरेको सम्मेलन सम्बन्धी निम्न कार्यतालिका अनुमोदन गर्यो –
– पार्टी, मोर्चा र जबसको तल्लो तहसम्मको एकता प्रक्रिया साउन महिना भरीमा पुरा गर्ने ।
– पार्टी सदस्यता नविकरण, अभिलेखिकरण भदौ महिनामा भरमा गर्ने ।
– वडा, गाउँ र नगरपालीकाको सम्मेलन असोज महिनाभरमा सम्पन्न गर्ने ।
– जिल्ला सम्मेलन कार्तिक महिनामा सम्पन्न गर्ने ।
– प्रदेश सम्मेलन मंसिर महिना भरीमा सम्पन्न गर्ने ।
३. आगामी महाधिवेशन पुस २३ गतेदेखि २८ गतेसम्म काठमाडौंमा गर्ने ।
४. देशमा विभिन्न भुभागमा वर्षाकका कारण भएको बाढी पहिरोमा परेका जनताको उद्धार राहतलाई तिव्र पार्न सरकारसित माग गर्ने –
– स्थानीय पार्टीलाई पंक्तिलाई राहत र उद्धारमा लाग्न निर्देशन दिने ।
– बैठकले बाढी पहिरोमा परी मृत्यु हुनेप्रति श्रद्धान्जली र परिवारजनमा समवेदना व्यक्त गर्यो ।
५. भुकम्प प्रभावितहरुलाई दिने राहत र पुनर्निमाणको कामलाईब तिव्रता दिन सरकारसित माग गर्ने ।
६. नेकपा (एमाले) सित विगतमा भएका सरकार सम्बन्धी सहमति र समझदारीलाई कार्यान्वयन गर्न गम्भीरतापूर्वक लाग्न छलफल गर्ने ।
शान्ति प्रक्रिया सम्बन्ध विषय, पुनर्निमाण, आन्दोलनरत मधेशी, थारु र जनजाति जनताका सकारात्मक माग सम्बोधन गर्न र विभिन्न तहका निर्वाचन सम्पन्न गर्न राष्ट्रिय राजनीतिक सहमति र सहमतिको सरकार जरुरी भएको निष्कर्षमा पार्टी पुगेको तथा त्यसको पहलकदमी पार्टीले लिने निर्णय गर्यो ।