सिरियालीलाई अमेरिकाले शरण दिने

439

सिरियालीलाई अमेरिकाले शरण दिने

usa bbवासिङ्गटन, २९ असार । यस आर्थिक बर्षमा अमेरिकाले १० हजार सिरियाली शरणार्थीलाई शरण दिने भएको  छ ।

अमेरिकी राष्ट्रपति बाराक ओमाबाले सो प्रतिबद्धता जाहेर गर्नुभएको विदेशमन्त्री जोहन केरीले मङ्गलबार घोषणा गर्नु भएको छ ।

अमेरिकाले सिरियालीलाई शरण दिने काममा ढिलाई गरिरहेको भन्दै अमेरिकामा विपक्षीहरुले बाराक ओबामाको विरोध गरेका थिए । यसै अवस्थामा विदेशमन्त्री केरीले सो घोषणा गर्नुभएको हो ।

सिरियामा हवाई अक्रमणमा, १४ को मृत्यु

सिरियाको प्रान्तीय राजधानी राकामा मङ्गलबार इस्लामिक स्टेट समूहलाई लक्ष्यगरी गरिएको एक हवाई आक्रमणमा १४ जना सर्वसाधारण नागरिक मारिएका छन् ।

केही दिनयता सिरियाली सैनिकले आइएसका विरुद्धमा भन्दै स्थलगत तथा हावाई कारबाही थालेको छ । सो कारबाहीमा परी कैयौँ सर्वसाधारणको ज्यान जाने गरेको बताइएको छ ।

सो हवाई आक्रमणमा मारिनेमा बालबालिका पनि परेका छन् । यस आक्रमणमा परी अन्य दर्जनौँ व्यक्ति घाइते भएका र तीमध्ये कैयौँको अवस्था चिन्ताजनक रहेको बताइएको छ ।

रसियाली समर्थक सेनाबाट भएको यस हवाई आक्रमण आइएस लक्षित रहेको बताइएको छ । तर त्यसमा परी आइएसका कुनै लडाकू भने हताहत भएका छैनन् । रासस÷एएफपी