साउन २९ गते मगर पत्रकारको अधिवेशन

442

साउन २९ गते मगर पत्रकारको अधिवेशन

बुटवल, २ साउन । नेपाल मगर पत्रकार संघ रुपन्देहीको बैठक बुटवलमा सम्पन्न भएको छ ।

संघका कार्यवाहक अध्यक्ष मिना रानामगरको अध्यक्षता र संघका केन्द्रीय सचिव मिलन गाहाको प्रमुख आतिथ्यता, केन्द्रीय सदस्य लोकनेश ढेंगाको विशेष आतिथ्यतामा उक्त बैठक भएको हो । बैठकले मगर पत्रकार संघको सदस्यता विस्तार गर्ने निर्णय गरेको छ ।

त्यसैगरी संघको प्रथम जिल्ला अधिवेशन यही साउन २९ गते बुटवलमा गर्ने निर्णय गरेको छ । अधिवेशन सम्पन्न गर्न संघका कोषाध्यक्ष उमेश थापामगरको संयोजकत्वमा आर्थिक उपसमिति, सचिव सुरज थापामगरको संयोजकत्वमा प्रचार प्रसार उपसमिति गठन गरेको छ ।

बैठकले रुपन्देहीको संचार गृहमा कार्यरत सम्पूर्ण मगर पत्रकारहरुलाई सदस्यता विस्तार गर्ने निर्णय गरेको सचिव थापामगरले जानकारी दिनु भयो ।