काठमाडौँ, ६ साउन । प्रजातान्त्रिक विचार समाजले प्रा डा गोविन्द केसीले उठाउनुभएका अधिकांश माग स्वास्थ्य शिक्षा एवम् स्वास्थ्य सेवाका लागि अत्यन्त महत्वपूर्ण रहेकाले त्यसप्रति सरकार गम्भीर बन्नुपर्ने जनाएको छ ।
समाजका अध्यक्ष डा केदारनरसिंह केसी र महासचिव गोकर्ण अर्यालले संयुक्त विज्ञप्ति जारी गरी स्वास्थ्य क्षेत्रमा देखिएका विकृति विसङ्गतिको अन्त्यको माग गर्दै ११ दिनदेखि आमरण अनशनमा रहनुभएका डा केसीका केही माग संवैधानिक निकायप्रति लक्षित भएकाले सोको सम्बोधनका लागि संसदीय सुशासन समिति मार्फत अगाडि बढाउन आग्रह गर्नुभएको छ ।
ढिलै भए पनि प्रा डा केसीका माग सम्बोधन गर्न सरकारले गठन गरेको सरकारी वार्ता टोलीले सो सम्बन्धमा छिटो समाधान दिने विश्वास व्यक्त गर्दै समाजले ती माग यथाशीघ्र सम्बोधन नगरिए आफू कडा कार्यक्रमका साथ अगाडि आउने चेतावनी दिएको छ ।