साउदी सीमा सुरक्षागार्ड मारिए

512

साउदी सीमा सुरक्षागार्ड मारिए

रियाद, १६ साउन । यमनको सीमा क्षेत्रमा भएको झडपमा परी सात साउदी सीमा सुरक्षागार्ड मारिएका साउदी अरेबियासँग आवद्ध संयुक्त सेनाले जानकारी दिएको छ । यमनबाट आएका आतङ्ककारीले गरेको आक्रमणमा परी एक अधिकृतसहित सात सीमा सुरक्षा गार्डको मृत्युभएको छ ।

यमनका विद्रोहीसँग युद्ध गरिरहेका साउदी अरेबिया आवद्ध संयुक्त सेनाले आइतबार प्रकाशित विज्ञप्तिमा सो जानकारी दिएको छ । शनिबार नाजरन क्षेममा रहेको यमनको दक्षिण सीमा पार गर्न खोजेका विद्रोहीलाई सीमा सुरक्षागार्डले रोकेपछि सो आक्रमण भएको जनाइएको छ ।
साउदी अरेबियासँग आवद्ध युद्धक विमानले गरेको आक्रमणमा दर्जनौँ आक्रमणकारी र उनीहरुको सवारी साधनलाई ध्वस्त पारेको बताइएको छ ।

यमनमा सरकारी विरोधी सिते विद्रोही अर्थात यमनमा हुथीको नामबाट परिचत विद्रोहीविरुद्ध साउदी अरेबिया आवद्ध संयुक्त सेनाले हवाई आक्रमण गर्दै आएका थिए । संयुक्त सेनाद्वारा जारी विज्ञप्तिअनुसार विद्रोहीले गरेको यस आक्रमणबाट संयुक्त राष्ट्र सङ्घको नेतृत्वमा गत १० अप्रिलमा भएको युद्धबिरामको उलङ्घन भएको छ । यस युद्धबिरामको पालना गर्न दुवै पक्षको कमजोरी रहेको बताइएको छ । रासस÷एपी