बाणिज्यमा वृक्षरोपण

304

बाणिज्यमा वृक्षरोपण

1
बुटवल, २९ साउन । रोट्रयाक्ट क्लब अफ लुम्बिनी बाणिज्य क्याम्पसले क्याम्पस परिसरमा वृक्षरोपण गरेको छ ।  विश्व युवा दिवसको अवसरमा रोटरी क्लब अफ बुटवलको सहकार्यमा क्याम्पस हाता भित्र वृक्षरोपण गरिएको हो ।

विभिन्न प्रकारका २५ भन्दा बढि बिरुवा रोपिएको रोट्र्याक्टर बिशाल गिरीले जानकारी दिएका छन् । रोट्र्याक क्लब अफ लुम्बीनी बाणिज्य क्याम्पस प्रेसिडेन्ट रोट्र्याक्टर निरिप फौदारको अध्यक्षता, रोटरी क्लब अफ बुटवलका अध्यक्ष रोटरियन आमोद सिमानगैडाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जोनल रोट्र्याक रिप्रिजेन्टेटिभ जोन ३ का रोट्र्याक्टर किशु शर्मा पौडेल लगाएतको सहभागितामा रहेको थियो।

उक्त कार्यक्रम रोट्र्याक्टर ईश्वरी प्रसाद बन्जाडेको संयोजन एबम रोट्र्याक्टर खिमानन्द पौडेलको संचालनमा सम्पन्न भएको थियो । साथै क्लबले सोही अवशरमा क्लबको टिसर्ट समेत सार्बजनिक एबम वितरण समेत गरेको थियो ।