बालकको मृत्यु

238

बालकको मृत्यु

परासी, २९ साउन । जिल्लाको कावासोती नगरपालिका–७ मा पोखरीमा डुबेर आज एक बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कावासोती नगरपालिका–७ का जितबहादुर महतोका आठ वर्षीय छोरा मनिषको आज दिउँसो टरुवास्थित पोखरीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।