स्थानीय निर्वाचन हुन्छ : पाण्डे

251

स्थानीय निर्वाचन हुन्छ  : पाण्डे

sangiya

काठमाडौँ, ३० साउन । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्री हितराज पाण्डे र राज्यमन्त्री श्रीप्रसाद जवेगुले आज मन्त्रालयमा आयोजित कार्यक्रममा पदभार ग्रहण गर्नुभएको छ ।

पदभार ग्रहण गर्दै मन्त्री पाण्डेले १८ वर्षदेखि निर्वाचन हुन नसकेको र १४ वर्षदेखि रिक्त रहेको स्थानीय निकायमा जनप्रतिनिधि ल्याउन दृढताका साथ लाग्ने प्रतिबद्धता जनाउनुभयो ।

“प्रधानमन्त्री पुष्पकमल दाहालले ४५ दिनभित्र भूकम्पप्रभावित जिल्लाका पीडितसँग सम्झौता गरी पहिलो किस्ताको रकम वितरण गर्न दिनुभएको निर्देशनलाई कार्यान्वयन गर्न मन्त्रालयका तर्फबाट सक्दो सहयोग गरिनेछ, पारदर्शी रुपमा काम गरी सुशासनको प्रत्याभूति दिन मन्त्रालय तत्पर रहनेछ”–उहाँले भन्नुभयो ।

आर्थिक वर्ष सुरु भएको एक महिनासम्म सरकार परिवर्तनका कारण विकास निर्माणको काममा प्रभाव परेकाले एक महिनाको काम खप्ट्याएर गर्न मन्त्री पाण्डेले कर्मचारीलाई निर्देशन दिनुभयो ।

राज्यमन्त्री श्रीप्रसाद जवेगुले संविधान र सङ्घीयता कार्यान्वयन वर्तमान सरकारको मूल काम भएकाले त्यसलाई पूरा गर्न मन्त्रालयकातर्फबाट योगदान गर्ने प्रतिबद्धता जनाउनुभयो ।

मन्त्रालयका काम कारबाहीका विषयमा मन्त्री एवम् राज्यमन्त्रीलाई सङ्क्षिप्त जानकारी गराउँदै सचिव महेन्द्रमान गुरुङले ४७८ गाविसलाई अहिलेसम्म सडक सञ्जालले नछोएकाले सबै गाविसमा सडक पु¥याउने र देशभरका तुइन विस्थापनलाई महत्वका साथ अघि बढाइएको अवगत गराउनुभयो ।