दक्षिणपन्थी अवसरवादी असफल : वैद्य

686

दक्षिणपन्थी अवसरवादी असफल : वैद्य

baidha

बुटवल, ८ भदौं । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)का केन्द्रीय अध्यक्ष मोहन वैद्य(किरण)ले क्रान्तिकारी बिचारलाई ध्वस्त पार्ने दक्षिणपन्थी अवसरवादीको सपना चकनाचुर भएको बताउनुभएको छ ।

चारैतिरबाट आक्रमण गरेर क्रान्तिकारी बिचारलाई ध्वस्त पार्न दक्षिणपन्थी अवसरवाद र नवसंशोधनवादीहरु लागेपनि असफल भएको वैद्यले दावी गर्नुभयो ।

नेकपा क्रान्तिकारी माओवादी मध्यपश्चिम संयुक्त राज्य समितिले आज बुटवलमा आयोजना गरेको राजनैतिक बैचारिक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गदैं दक्षिणपन्थी संशोधनवादी विरुद्धको लडाईमा क्रान्तिकारीहरुको जीत भएको उहांले बताउंनुभयो । नयां जनवादी क्रान्ति सम्पन्न नगरि लोकतान्त्रिक गणतन्त्रमा जानु भनेको संसदीय व्यवस्थामा डुब्नु सरह भएको उल्लेख गदैं माओवादी केन्द्र त्यसैमा डुवुल्की मारेको आरोप लगाउंनुभयो ।

नयां जनवादी क्रान्ति सम्पन्न भईनसकेको उल्लेख गदैं उहांले पार्टी त्यसको तयारीमा लागेको बताउंनुभयो । पार्टीका वरिष्ठ नेता सी.पी.गजुरेलले सत्ता साझेदारी कुरा गदैं आएका विप्लवले वैज्ञानिक समाजवादका कुरा गर्नु क्रान्तिबाट भागेको टिप्पणी गर्नुभयो । लोकतान्त्रिक व्यवस्थाको भविष्य नरहेकोमा जोड दिंदैं गजुरेलले मधेशवादी दल र स्वयम संसदवादी दल लोकतान्त्रिक व्वस्थाका सिध्याउंने खेलमा लागेको आरोप लगाउंनु भयो ।

राष्ट्रियता, जनतन्त्र, जनजीविका र क्रान्तिका लागि लड्ने पार्टी क्रान्तिकारी माओवादी मात्र विकल्प शक्ति भएको उहांले दावी गर्नुभयो ।

पार्टीका अवधराज्य समिति इन्चार्ज प्रेमनाथ सुवेदीको अध्यक्षता, तमुवान राज्य समिति इन्चार्ज श्रीनाथ अधिकारीको सञ्चालनमा भएको कार्यक्रममा पूर्व मगरांत राज्य समिति इन्चार्ज के.बी.गुरुङले पनि बोल्नु भएको थियो । कार्यक्रममा तमुवान, पूर्वि र पश्चिम मगरांत र अवध राज्य समितिका तीन सय जनाको सहभागिता रहेको नेता प्रेमनाथ सुवेदीले जानकारी दिनुभयो ।