काँग्रेसमा मन्त्रीको विवाद मिल्यो

213

काँग्रेसमा मन्त्रीको विवाद मिल्यो

congress

काठमाडौँ, ९ भदौ । नेपाली काँग्रेसमा वर्तमान सरकारमा सहभागी हुने मन्त्रीहरुको नामावली पठाउने सम्बन्धमा देखिएको विवाद मिलेको छ ।
वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले मन्त्रालय बाँडफाँडमा सम्मानजनक अवस्था नभए सरकारमा सहभागी नहुने निष्कर्ष निकालेको भोलिपल्ट विवाद मिलेको छ ।

नेता पौडेल समूहको मागअनुसार आज बिहान भएको छलफलपछि सभापति शेरबहादुर देउवा समूह पाँच मन्त्रालय पौडेल समूहलाई दिने सहमत भएको हो । यसअघि नेता पौडेल समूहले पाँच मन्त्रालयको माग गर्दै नपाए सरकारमा सहभागी नहुने जनाएको थियो । सरकारमा सहभागी हुने सबै मन्त्रीहरुको टुङ्गो आजै लाग्ने र नामावली प्रधानमन्त्री पुष्पकमल दाहाललाई बुझाइने काँग्रेस नेतासमेत रहनुभएको उपप्रधानमन्त्री तथा गृहमन्त्रीले विमलेन्द्र निधिले जानकारी दिनुभयो ।

राष्ट्रपति विद्यादेवी भण्डारी आज कृष्णाष्टमीका अवसरमा हुने विभिन्न कार्यक्रममा व्यस्त रहनुहुने भएकाले मन्त्रीहरुको शपथ भने भोलि शुक्रबार मात्र हुने भएको स्रोतले जानकारी दिएको छ । वर्तमान सरकारमा नेकपा (माओवादी केन्द्र)ले आठ र काँग्रेसले १३ मन्त्रालय पाउने सहमति भएको थियो । काँग्रेसबाट यसअघि नै उपप्रधानमन्त्री तथा गृहमन्त्रीका रुपमा निधि र भौतिक योजना तथा यातायात व्यवस्थामन्त्रीका रुपमा रमेश लेखकले शपथ लिइसक्नुभएको छ ।