इन्टलेक्च्यूअलमा तीज गीत प्रतियोगिता

307

इन्टलेक्च्यूअलमा तीज गीत प्रतियोगिता

school

बुटवल, १० भदौ । इन्टलेक्च्यूअल एकेडेमी बुटवल १३ कालिकानगर मझुवामा शुक्रवार तीज गीत प्रतियोगिता भएको छ ।

कक्षा १ देखि कक्षा १० सम्मका विभिन्न १३ समुहले भाग लिएको प्रतियोगितामा कक्षा ८ को निकिता बरालको समुह प्रथम, कक्षा १० को स्मृति मरासिनिको समुह द्घितिय, कक्षा ७ को निरुता पाण्डेको समुह तृतिय तथा कक्षा ६ को एन्जीला पोखे्रलको समुह सान्तवना भएका थिए ।
विद्यार्थीहरुले नेपाली सस्कार र संस्कृति झल्कने गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।

विद्यालयका प्राचार्य धु्रवराज पन्थीको अध्यक्षता तथा प्रबन्धनिर्देशक रामराज पोख्रेलको आतिथ्यतामा सम्पन्न प्रतियोगिताको संचालन शिक्षक सोनु थापा र सुरेश कुमार चौधरिले गर्नु भएको थियो भने निर्णायकको काम नृत्य शिक्षक जीना खड्गी र शोभा भण्डारीले गर्नुभएको थियो ।
प्रतियोगितामा उत्कृष्ठ समुहलाई पुरस्कार प्रदान गरिएको थियो ।