मधेशीको मन जित्न बाबुराम रुपन्देही आउर्दै

1.3K

मधेशीको मन जित्न बाबुराम रुपन्देही आउर्दै

baburamरुपन्देही,असोज । ए.ने.क.पा. माओवादी तथा संबिधानसभाबाट हालै बाहिरिएका पूर्ब प्रधानमन्त्री एवम् एमाओबादीका बरिष्ठ नेता डा. बाबुराम भट्टराई आइृतबार रुपन्देहीको धकधईमा हुने बिरोध सभामा भाग लिन आउनु हुने भएका छन ।
रुपन्देहीको धकधई बजारमा संयुक्त संघीय मधेशी थरुहट संघर्ष समिती रुपन्देही द्वारा आयोजित बिरोध सभालाई प्रमुख बक्ताको रुपमा डा.भट्टराईले सम्बोधन गर्ने कार्यक्रम तय भएको बताईएको छ ।
नेता भट्टराई सँगै रामरिझन यादव, रामचन्द्र झा र घनश्याम यादव लगायतका एनेकपा माओवादीका पूर्ब नेतागणको उपस्थिती रहने आयोजकले बताएको छ ।
आज संघीय मधेशी थरुहट संघर्ष समिती रुपन्देहीद्वारा धकधईमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पूर्ब स्थानीय बिकास राज्य मंत्री घनश्याम यादवले डा. भट्टराई मधेश आन्दोलनको सहयात्रीको रुपमा देखिएकोले यसले मधेश आन्दोलनलाई बिशेष उर्जा दिने बताएका छन् ।
ब्यवस्थापिका संसद र एनेकपामाओवादीबाट बहिरगमन सँगै राजनैतिक बृत्तमा बिभिन्न आलोचना र समालोचनाको बावजूद पनि डा. भट्टराईको थरुहट–मधेशको बिरोधसभामा सम्बोधनलाई बिशेष चासो र महत्वका साथ चर्चा परिचर्चा छ ।
अधिकारका लागि जारी आन्दोलनमा चर्चित नेता डा.भट्टराईको सहभागिता बाट आन्दोलन अझ बढी उचाईमा पुग्ने संघिय मधेशी मोर्चाका रुपन्देहीका जिल्ला सयोजक देवेन्द्र पाण्डे (सागर) ले बताएका छन् । डा.भट्टराईको सो विरोध सभामा कम्तीमा पनि २० हजार जनता उतार्ने संयोजक पाण्डेको दाबी छ ।