सरकारले मुख्य सचिवमा गोविन्दबहादुर कार्कीलाई नियुक्त गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव कार्कीलाई नेपाल सरकारको नयाँ मुख्य सचिव नियुक्त गर्ने निर्णय गरेको हो । सरकारका प्रवक्ता सस्मित पोखरेलले मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै उक्त जानकारी दिएका हुन् ।
हालसम्म प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शासकीय मामिला हेर्दै आएका कार्कीले अब मुलुकको निजामती प्रशासनको सर्वोच्च पदको जिम्मेवारी सम्हाल्नेछन् ।
यसअघिका मुख्य सचिव सुमनराज अर्याल ५८ वर्षे उमेरहदका कारण असार २५ गतेदेखि अनिवार्य अवकाशमा जान लागेकाले सरकारले नयाँ मुख्य सचिव नियुक्त गरेको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्कीसँगै सचिवहरू पुष्कर सापकोटा (कानुन), किरणराज शर्मा (विकास व्यवस्थापन) र खगेन्द्रप्रसाद नेपाल कार्यरत छन् ।