यसवर्ष रुपन्देहीमा गहुं उत्पादन बढ्ने

892

यसवर्ष रुपन्देहीमा गहुं उत्पादन बढ्ने

gahuबुटवल, । गत वर्षको तुलनामा यसवर्ष रुपन्देहीमा गहुँ उत्पादनमा बढ्ने संकेत देखिएको छ । गहुंखेतीका लागि यसवर्ष मौसमले केही साथ दिएकाले उत्पादनमा वृद्विहुने कृषि क्षेत्रका विज्ञहरुले अनुमान गरेका छन् ।
गतवर्ष वेमौसमी वर्षाका कारण गहुंवाली उत्पादनमा कमी भएको र यसवर्ष वेमौसमी वर्षाले गहुंवालीलाई नोक्सानी नगरेका कारण उत्पादनमा वृद्वि हुने कृषि कार्यालय रुपन्देहीले जनाएको छ ।
गतवर्र्ष भन्दा यसवर्ष कम क्षेत्रफलमा गहुंको खेती गरिएपनि यसवर्ष उत्पादनमा वृद्वि हुने जिल्ला कृषि कार्यालयले जनाएको छ ।
गतवर्ष ३० हजार हेक्टर क्षेत्रफलमा गहुखेती गर्दा ७५ हजार मेट्रिक टन उत्पादन भएको थियो । जिल्ला कृषि कार्यालयको तथ्याँक अनुसार यस वर्ष रुपन्देहीमा २९ हजार ४ सय हेक्टर क्षेत्रफलमा गहुंवालीको खेती गरिएको छ ।
गतवर्ष भन्दा यसवर्ष ६ सय हेक्टर क्षेत्रफल जमिनमा गहुंवाली लगाएपनि यस वर्ष रुपन्देहीमा गहुं उत्पादनमा बृद्वि हुने जिल्ला कृषि कार्यालयका प्रमुख भोजराज सापकोटाले जानकारी गराउनुभयो । कृषि कार्यालयका प्रमुख सापकोटाका अनुसार यसवर्ष अनुमानित ७९ हजार ३ सय ८० मेट्रिक टन गहुं उत्पादन हुन सक्ने कृषि कार्यालयले जनाएको छ । जिल्ला कृषि कार्यालयको अनुमानित तथ्याँक अनुसार यो उत्पादन अनुसार गतवर्ष भन्दा यसवर्ष ४.१० प्रतिशत बढी हो ।
गतवर्ष भन्दा यसवर्ष गहुंवाली उत्पादनमा केही वृद्वि भएपनि सोंचे अनुसार उत्पादनमा वृद्वि हुन नसकेको कृषि कार्यालय बताएको छ । २०७०।०७१ मा रुपन्देहीमा ३० हजार ५ सय हेक्टर जमिनमा गहुंखेती गर्दा १ लाख ६ हजार ७ सय ५० मेट्रिक टन गहुं उत्पादन भएको थियो ।सानहरु खेतमा गहुं काट्न थालेका छन् । गतवर्ष भन्दा यस वर्षको गहुंको वालामा राम्रो गेडा लागेकाले गतवर्ष भन्दा यसवर्ष गहुंखेती बढ्न सक्ने कृषक टिकाराम अधिकारीले बताउनुभयो । रुपन्देहीको पश्चिम क्षेत्रमा पर्ने गाविसमा बढी मात्रमा गहुंखेती लगाइएको छ ।